साझा सहकारीको वार्षिक साधारण सभा सम्पन्न

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


सुर्खेत – साझा बचत तथा ऋण सहकारी संस्था लिमीटेड विरेन्द्रनगको नौं औं वार्षिक साधारण सभा शनिवार वीरन्द्रनगरमा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा वार्षिक प्रगति प्रतिवेदनमा गत वर्ष भन्दा आचु आर्थिक वर्षमा शेयर पुजीमा राम्रो सुधार आएको जनाइएको छ । संस्थाका सचिव राम बहादुर बुढाले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा यो वर्ष १८ दशमलव ४० प्रतिशतले शेयर पूँजी वृद्घि गरेको छ ।
गत आर्थिक वर्षमा जम्मा ६० लाख ६३ हजार १ सय रेहेको शेयर पुजी रहेकोमा यस वर्ष त्यसमा वृद्घि भई ७१ लाख ७६ हजार १ सय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको अषाड मसान्त सम्ममा २ हजार सेयर सदस्यको लक्ष्य लिएको संस्थाले १७४० सदस्य संख्या पु¥याउन सफल भएको जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा कल आय २२ करोड ८० लाख ४५ हजार ४ सय ६७ रुपैया ७० पैशा रहेको छ । वार्षिक साधारण सभामा संस्थाले विभिन्न क्षेत्रवाट सहकारीलाई सहयोग गर्ने व्याक्तित्व हरुलाई सम्मान समेत गरेको छ । यसैबिच संस्थाले सभाबाट मदन वहादुर खड्काको अध्यक्षतामा ७ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ ।

मदन वहादुर खड्काको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति गठन गरिएको हो । यस्तै उपाध्यक्षमा देव कुमारी बुढा, सचिवमा ओम जंग रोकाय, कोषाध्यक्षमा मुक्ति बहादुर गुरुङ, सदस्यहरुमा दीपेन्द्र वहादुर खड्का , ऋषि प्रसाद शर्मा र शेर सिंह रोकाय रहेका छन । संस्थाको ३ सदस्यीय नयाँ लेखा समिति चयन गरिएको छ । जसको संयोजकमा खगेन्द्र रिमाल, सदस्यमा पृथ्वी बहादुर खड्का र रक्षा रोकाय रहेका छन ।शेयर सदस्यहरुलाई लगानी बढाउन संस्थाका अध्यक्ष मदन खड्काले अनुरोध गरेका छन । अध्यक्ष खड्काले व्यावसायीक पक्षमा जोड दिनका लागि सहकारीले विभिन्न कार्यक्रम ल्याउने लक्ष्य रहेको बताए । यस अघि १ सय लगानी रहेका शेयरहरुलाई १ लाख बनाउने उदेश्य संस्थाले लिएको जानकारी दिए ।विभिन्न चुनौतीका बाबजुत पनि संस्थाले प्रगति गरेको बताउँदै आर्थिक विकासको तेस्रो खम्बा मानीएको सहकारी क्षेत्रको कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशत हिस्सा ओगटेको जानकारी दिए । सन्तुलित पुजीलाई परिचालन गरी सदस्यहरुलाई व्यावसायीकतामा जोड्नुपर्ने उनको भनाई थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङका दुग्ध संकलन केन्द्रमा नै पुगेर पशुहरुको स्वास्थ्य परिक्षण
  • बाढीप्रभावितलाई क्षतिपूर्ति र नदी नियन्त्रण गर्न नेकपा तिलोत्तमाको आग्रह
  •   वालिङमा आइसोलेसनमा रहेका पुरुषको निधन
  • आँधीखोला लघुवित्तका संचालक र कर्मचारी विच अन्तरक्रिया
  • तरुण दल प्रगतीनगरमा नेतृत्व चयन
  • उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह
  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।