नगर स्तरीय शिक्षक भलिबलको उपाधी कुमुदिनिलाई

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
308 Shares


शान्ति तिवारी / बर्दघाट –  न्यू लाइफ माध्यमिक विद्यालय तथा कलेजद्धारा रजत महोत्सबको अवसरमा आयोजित नगर स्तरीय शिक्षक भलिबलको उपाधी कुमुदिनी बोडिङ्ग स्कुलले हात पारेको छ । आफ्नो पच्चिसौँ वर्ष पुरा गरेको अवसरमा न्यू लाइफले रजत महोत्सबको दोस्रो दिन आयोजना गरेको भलिबल प्रतियोगितामा द्धितीय स्थानमा बुद्धमंगल बोडिङ्ग स्कलु र तृतीय स्थानमा दाउन्ने देवी माध्यमिक विद्यालयले उपाधी हात पारेका छन् । प्रथम हुनेलाई ट्रफी, मेडल, प्रमाण पत्र र रु सात हजार रुपैया त्यस्तै गरि द्धितीय हुनेलाई ट्रफी, मेडल, प्रमाण पत्र र रु पाँच हजार रुपैया र तृतीय भएको दाउन्नेदेवीलाई ट्रफी, मेडल, प्रमाण पत्र र तीन हजार रुपैया प्रमुख अतिथि प्याब्सन नगलपरासीका जिल्ला अध्यक्ष इन्द्र गुरुङले हस्तान्तरण गर्नुभएको थियो ।

बर्दघाट नगर भित्रका डेविस स्कुल, एक्स आर्मी, कुमुदिनी, ग्लोबल, बुद्धमंगल, न्यू लाइफ, दाउन्नेदेवी र माउन्ट एभरेष्ट गरी नगर भित्रका ८ विद्यालयहरुको सहभागीता रहेको थियो ।यसै वीच जिल्लामा क्रियाशिल रहेका पत्रकारहरु र आयोजक न्यू लाइफ मा।वि।विच मैत्रिपुर्ण भलिबल प्रतियोगिता समेत सम्पन्न भएको छ । मैत्रिपूर्ण भलिबल प्रतियोगितामा आयोजक न्यू लाइफ मा।वि।ले जित हात पारेको छ । विद्यालयका संस्थापक सदस्य डिल बहादुर अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा संस्थापक सदस्य थम अधिकारी, विद्यालयका अध्यक्ष लाल बहादुर अधिकारी प्रधानाध्यापक सन्तोष अधिकारी, जनकल्याण साकोसका अध्यक्ष डिक बहादुर पाण्डे, बर्दघाट नगर प्याब्सनका अध्यक्ष गोपाल आले लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन शिक्षक विमल चापागाईले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया