कृषिको चौमासिक समीक्षा गोष्ठी सम्पन्न

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


जगतदल जनाला विक / सर्खेत – कृषि विकास निर्देशनालय कर्णाली प्रदेशको आयोजनामा प्रदेशस्तरीय चौमासिक प्रगति समीक्षा गोष्ठी शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको प्रमुख आथित्यता र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीको विशेष आथित्यतामा उक्त समीक्षा कार्यक्रम भएको हो । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले चौमासिक रुपमा गरिएका काम र आगामी कामहरुलाई निरन्तर अगाडि बढाउन सुझाव दिए ।यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री

बिमला केसीले कृषि कार्यलयहरुले गरेका कामहरु सन्तोष जनक भएको बताउँदै अगामी दिनमा पनि कार्यालयले गनुपर्ने कामहरुका बारेमा सदैव सकरात्मक ढंगबाट काम गर्न निर्देशन दिइन् ।कृषि निर्देशनालयको आयोजनामा भएको उक्त समीक्षा गोष्ठीमा कर्णाली प्रदेशका १० वटै जिल्ला कृषि विकास कार्यालयहरूले आफ्ना चौमासिक कार्य प्रगति प्रस्तुत गरेका कृषि निर्देशनालयका बागवानी विकास अधिकृत भक्तिराम शर्माले जानकारी दिए । नर्सरी प्रवद्र्धन कार्यक्रमको निरन्तरता र विस्तार, अर्गानिक कृषि कार्यक्रमको निरन्तरता र विस्तार, ग्रामीण कृषि सडक र कृषि सिँचाइलगायतका काम भइरहेको कृषि विकास कार्यालयहरूले जनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया