सैनामैना महोत्सवमा रक्तदान कार्यक्रम हुने

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


सैनामैना – रुपन्देहीको सैनामैना–४ स्थित मुर्गियामा लाग्ने सैनामैना महोत्सवमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।
रगतको अभवमा कोहि पनि मर्न नपरोस, रक्तदान जीवनदान भन्ने मुल उद्देश्यका साथ महोत्सवमा पौष २६ गते शनिबार रक्तदान कार्यक्रको आयोजना गरिने संघले जनाएको छ ।

सैनामैना उद्योग बाणिज्य संघको आयोजना, नेपाल रेडक्रस सोसाइटी पर्रोहा र दुधराक्ष उपशाखा तथा रक्त संचार केन्द्रको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक राजबहादुर क्षेत्रीले बताउनु भयो ।
चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव यही पुस २४ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया