सुनचाँदी व्यवसायी संघद्वारा ‘रूपन्देही आभुषण’को विमोचन

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


रूपन्देही – रूपन्देही सुनचाँदी व्यवसायी संघले त्रैमासिक बुलेटिन ‘रूपन्देही आभुषण’को विमोचन गरिएको छ । रुपन्देहीका सुनचाँदी व्यवसायीहरुको इतिहास, गतिविधि, अनुभव र व्यवसायिक प्रवद्र्धनमा सहयोग गर्ने उदेश्यले बुलेटिन प्रारम्भ गरिएको हो ।
बुटवलमा आयोजित एक कार्यक्रमका बीच आज बुलेटिनको नेपाल सुनचादी व्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ५ का संयोजक प्रेम कुमार सेन्चुरी संघका अध्यक्ष एम।वि। विश्वकर्मा ,केन्द्रिय सदस्य जोगलाल बिश्वकर्मा लगायतले विमोचन गर्नुभएको हो ।कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष सेन्चुरीले सुनचाँदी व्यवसायीहरूको संस्थागत गतिविधिलाई समेटेर वुलेटिन प्रकाशन गरेकोमा खुशी प्रकट गर्दै यो कार्यलाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।उपाध्यक्ष सेन्चुरीले रुपन्देहिमा पहिलोपटक बुलेटिन प्रकाशन भएको कुरा सकरात्मक पक्ष रहेकाले अब यस कार्यलाइ जिल्ला संगै राष्ट्रिय रुपमा लैजान आग्रह गर्नुभयो ।सुनचाँदी व्यवसायीहरु आफ्नो पेशामा सधै संवेदनशिल हुनुपर्ने बताउनुभयो साथै यो पेशा महत्वपूर्ण पेशा भएकाले संस्थागत मूल्य र मान्यतालाई व्यवसायीहरुले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य जोगलाल विश्वकर्माले बुलेटिन प्रकाशन प्रारम्भ भएकोमा खुसि ब्यक्त गर्दै उहाले विश्वभरीका सुनचाँदी ब्यवसायीको गतिबिधि समाबेस गर्न सुझाब दिनुभयो । उहाँले वुलेटिन एक दस्ताबेज हुने भएकाले वुलेटिन प्रकाशनलाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो साथै रुपन्देही सुनचाँदी व्यवसायी संघ प्रधानमन्त्रिबाट पुरस्कृत भएकाले यसको गरिमा बचाउने गरि काम गर्न आग्रह गर्नुभयो ।कार्यक्रममा संघका सल्लाहाकार सुरेशरत्न ब्रज्रचार्यले नया कामको थालनि भएकाले बुलेटिनमा सबैको गतिविधि समेट्नुपर्ने बताउनुभयो ।संघका अध्यक्ष एम।वि। विश्वकर्माले प्राप्त भएको सुझावलाई ग्रहण गर्दै सुरुवातको चरण भएकाले आगामि दिनमा थप सुधार गर्दै बुलेटिन प्रकाशन गरिने बताउनुभयो ।कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश न। ५ का संयोजक प्रेम कुमार सेन्चुरीको प्रमुख आतिथ्यता, संघका अध्यक्ष एमवि विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष यसरत्न बज्रचार्यको धन्यवाद ज्ञापन, कोषाध्यक्ष सिताराम रसाईलीको स्वागत एबम सचिव किशोर सेन्चुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया