समाजसेवामा निता राउत

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


अमृत पाण्डेय – दोलखा जिल्लामा वि सं २०४६ सालमा जन्मिएकी निता राउत सामाजिक अभियान्ताको नामावलीमा परिचित नाम हो । बाबु शिवजी राउत र आमा महालक्ष्मी राउतकी माइली सन्तान निताले स्थानिय सैलुङ को सुर्य साप्ताहिकबाट आफ्नो पत्रकारितामा क्रियाशिलता बढाएकी थिइन् । त्यसपछि त्यहींको रेडियो सैलुङ र कालीन्चोक एफएममा समेत काम गरेकी उनले दोलखाबाट सौर्यदैनिकको संवाददाता का रुपमा कार्यरत छन् । उनी क्रियाशिल महिला पत्रकार दोलखाकी अध्यक्ष पनि हुन् । उनी हाल प्रदेश ३ को गाउंपालीका राष्ट्रिय महासंघ नेपाल की प्रदेश समन्वय अधिकृत छन् । सानैबाट सहयोगी भावनामा हुर्केकी उनले गाउंमै पनि अलि विपन्न वर्गका कोही देखे परिवारकै तर्फबाट सहयोग गर्ने गर्थिन् । युवाअवस्थामा पोखराकी सरिता गुरुङ जो समाजसेवी हुन् , उनैसंगको भेट र प्रैरणाले नितालाई एक्लैले त आंट गरे सकिंदो रहेछ भन्ने सोंचाइले अग्रसर बनायो । त्यही गुणले उनी हाल निता राउत फाउण्डेशनको स्थापना गरी सामाजिक कार्यमा सक्रियताका साथ लागेकी छन् । संचारमाध्यममा रहेर अनुभव संगाल्दै अति विपन्न वर्ग पहिचान गर्दै सहयोगको सुरुवात गरेकी उनले विशेष गरी वृद्ध, वृद्धा र बालबालीकालाई लुगा, खाद्यान्न लगायत छात्रवृत्ति नै प्रदान गर्ने गरेकी छन् ।

उनको फाउण्डेशनले सामाजिक संजाल फेसबुकको माध्यमबाट सहयोग स्वरुपको रकम संकलन गर्छ ।सो रकम उपलब्ध गराउने सहयोगीलाई धन्यवाद दिंदै उनले भनिन् , विपन्न लाई सहयोग गर्दाको आनन्द विदेशमा पसिना बगाउनेलाई पनि उत्तीकै आउंछ , त्यसैले सहयोगी हात पाइरहेका छौं । काठ्माण्डौस्थित पत्रकारिता अध्यापन हुने सेफर्ड कलेजमा मास्टर्स इन मिडिया टेक्नोलोजी अध्ययन गरिरहेकी निताले राउतले मृगौला रोगीको सहयोगार्थ अभियान चलाएर सुरु गरेको सामाजिक कार्य हालसम्म अन्य कार्य पनि थप्दै जारी छ । उनको फाउण्डेशनले तराईका बाढी प्रभावितदेखि अभिभावकत्व ग्रहण , विद्यालयमा झोला, ड्रेस वितरण , एचआइभी संक्रमित बालबालीका, दृष्टिविहीन र अपांगता भएका बालबालीकालाई समेत सहयोग गर्दै आएको छ । यतीमात्र नभई दोलखामा रहेको गौरीशंकर बालगृहमा खाद्यान्न लगायतका सहयोग उनले गरेकी छन् ।यसरी सहयोगी हात खोजी सहयोगको अभियान जारी राखेकी निता देश, विदेशमै सामाजिक कार्यवापत सम्मानित समेत भएकी छन् । हालै दोलखाको सबैभन्दा उत्कृष्ट देवदास स्मृती पत्रकारिता पुरस्कारबाट सम्मान पाएकी उनले मलेसियामा सामाजिक कार्यवापतको युथ इन्स्पीरेशन वर्कर एक्सीलेन्सी अवार्ड प्राप्त गरिन् ।

उनको यो कामबाट उनका अभिभावक त खुसी छन् ,साथै ती विपन्न परिवारले दर्शाएको माया र ती बालबालीकाको अनुहारको खुसीले उनलाई आनन्द मिलेको छ ।हालै फाउण्डेशन मार्फत सुनसरीको इटहरीमा रहेको मुसहर वस्तीमा उनले गरेको सहयोगले चर्चा पायो । मुसहर बस्तीका ४५ घरधुरीलाई सिरक, म्याट्रेस र ७६ जना बालबालिकाहरुलाई टोपी, मोजा, स्वेटर र अन्य सामाग्री वितरण गरेको फाउण्डेसनकी अध्यक्ष निता राउतले बताइन् ।सबैकी साझा अभिभावक बनेकी राउतलाई फाउण्डेशनकै माध्यमबाट देशैभरि आवश्यक पर्ने वर्गमा सहयोग गर्न मन छ । त्यसका लागि उनको यो अभियानमा विदेशमा रहेका उनका चिनजानका साथीभाइको सहयोगसंगै उनले आम्दानी गरेको रकम पनि खर्चिएकी छन् । निता भन्छिन् , काम गर्दा सजिलो त छैन , त्यसैमाथि सहयोगका नाममा रकम संकलन गरेर सही सदुपयोग नगर्ने प्रवृत्ति बढेपछि सहयोगी हात कम हुंदै गएको र यसले आवश्यकतामा रहेका नागरिक बन्चित रहने समस्या हुन्छ । उनले स्वदेशी सहयोगीभन्दा विदेशमा पसिना बगाएकाबाटै सहयोग पाउने गरेको बताइन् । अफ्ठ्यारो परिस्थती आउने भएपनि आफुले थालेको यो अभियान बांचुन्जेल जारी राख्ने बताइन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङका दुग्ध संकलन केन्द्रमा नै पुगेर पशुहरुको स्वास्थ्य परिक्षण
  • बाढीप्रभावितलाई क्षतिपूर्ति र नदी नियन्त्रण गर्न नेकपा तिलोत्तमाको आग्रह
  •   वालिङमा आइसोलेसनमा रहेका पुरुषको निधन
  • आँधीखोला लघुवित्तका संचालक र कर्मचारी विच अन्तरक्रिया
  • तरुण दल प्रगतीनगरमा नेतृत्व चयन
  • उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह
  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।