उत्कृष्ट बचतको १० औं साधरणसभा सम्पन्न

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
24 Shares


भैरहवा – भैरहवामा प्रधान कार्यलय रहेको उत्कृष्ट बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको १० औं साधरणसभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता नेकपाका नेता तथा ५ नं प्रदेश उद्योग व्यवासायी संगठनका अध्यक्ष विश्वराज बराल –अनुपको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल बचत तथा क्रृण सहकारी संघका राधिका पोखरेल, संस्थाका लेखा संयोजक खिमबहादुर खत्री, सल्लाहकार चोपलाल आचर्य, कानूनि सल्लाहकार जगत बहादुर रायमाझी, उपाध्यक्ष दुर्गा मरासीनि, गणेश बेलबासे

लगायतले उद्घाटन सत्रमा शुभकामना मन्तब्य राखेको संस्थाका सचिव चिरन्जीवि राउतले बताए ।साधरणसभाको अवसरमा स्वास्थ्य शिविर समेत सम्पन्न भएको छ । तिलकराम पौडेल, दुनियापति त्रिपाठी, निर्मला सुनार र सिता भट्टराईको संयोजनमा भएको स्वास्थ्य शिवीरमा ३ सय जनाको स्वास्थ्य चेकजाच गरिएको कृष्ण प्रसाद पोखरेलले बताए ।५ सय ५३ जना शेयर सदस्य रहेको उत्कृष्ट बचत तथा क्रृण सहकारीले गत आर्थिक बर्षमा ३ लाख ७५ हजार ९ सय ६९ रुपैयां मुनाफा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया