नेपाल शैक्षिक परामर्स संघ रुपन्देहीमा नयाँ नेतृत्व

प्रकाशित मिति:

बुटवल/नेपाल शैक्षिक परामर्स संघ(ईक्यान) रुपन्देहीको प्रथम अधिवेसनबाट नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा शुक्रबार भएको भेलाबाट देव बहादुर कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नयाँ गठन भएको समितिको उपाध्यक्षमा अमित पौडेल, सचिवमा गिरीराज पाण्डे, कोषाध्यक्षमा मोहनलाल घिमिरे चयन भएका छन् । कार्यकारी सदस्यहरुमा राजेश पाण्डे, मुकेश अर्याल, मिन प्रसाद शर्मा, करिष्मा पाण्डे, दिपेश अर्याल, गोविन्द बस्नेत चयन भएका हुन ।यस्तै प्रमुख सल्लाहकारमा गोविन्द राज अधिकारी, सल्लाहकारमा दिनेश पौडेल र बसन्त पाण्डेलाई चयन गरिएको छ ।
अधिवेसनको उदघाटन गर्दै नेपाल शैक्षिक परामर्स संघका केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले शैक्षिक परामर्स प्रदान गर्र्ने संस्थाहरुको विचमा एकता आवश्यक रहेको बताए ।उनले शिक्षा मन्त्रालय संग जोड्नुपर्ने बताए ।

अहिले पनि कयौं कन्ल्टेन्सीहरु राज्यको नीती नियम भन्दा वाहिर रहेको भन्दै सबैलाई राज्यको नीति नियमममा भित्र रहेर सञ्चालन गर्नुपर्ने बताए । केन्द्रीय अध्यक्ष पाण्डेले ई क्यानमा आवद्ध रहेका सबै संस्थाहरु नेपाल सरकार शिक्षा मन्त्रालयको ऐन कानुनको परिधीमा रहेर काम गरिरहेको बताए ।सरकारले ल्याएका नयाँ नीति तथा नियममले अझ बढि बलियो बनाएको भन्दै उनले शैक्षिक क्षेत्रलाई अझ बढ बढि जिम्मेबार बनाएको बताए । कार्यक्रममा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्ध बहादुर थापा, ई क्यानका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, पुर्व अध्यक्ष राजेन्द्र बराल, मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, ई क्यानका पुर्वञ्चलन अध्यक्ष रोशन निरौला लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रम देव बहादुर कुँवरको अध्यक्षता सचिव गिरिराज पाण्डेको सञ्चालनमा भएको थियो । कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराइएको छ । रुपन्देहीमा करिव १ सय भन्दा बढि कन्ल्टेन्सीहरु सञ्चालनमा रहे पनि ई क्यानमा एक दर्जन मात्रै कन्सल्टेन्सीहरु आवद्ध रहेका छन् ।