उमेर ढल्केपछिको बास्तबिक सहरा सहकारी-अध्यक्ष क्षेत्री

प्रकाशित मिति:

कञ्चन/हरैया बचत तथा ऋण सहकारी संस्था,कञ्चन–३,हरैया,रुपन्देहीको चौधौं बार्षिक साधारण सभा हरैया बहमुखी क्याम्पसको सभाहलमा कञ्चन गाउपालिकाका अध्क्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ साधारण सभाको उद्धघाटन गर्दै गाउपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि गोकर्ण बहादुर क्षेत्रीले सहकारीको सही रुपमा उपयोग गर्न सके सहकारी उमेर ढल्केपछिको सहरा बन्ने बताउनु भएको छ। शेयर सदस्यहरुले सहकारीबाट कर्जा लिई घरब्यबहार चलाइए सहकारीले कुनै उत्पादन दिन नसक्ने र उमेर ढल्केपछि जिवनको बास्तबिक सहरा बनाउन सहकारीबाट लिएको कर्जालाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी त्यसबाट आउने थोरै थोरै आम्दानी बचत गर्ने बानीको बिकास गर्नु पर्ने बताउनु भएको छ।

अव कञ्चनका सबै सहकारी समृद्ध कञ्चनको आधार बन्नु पर्ने बताउदै आफ्ना शेयर सदस्यहरुलाई आयमुलक र उत्पादनमुलक क्षेत्रहरुमा लगानी गरी आयआर्ज गर्ने सदस्यहरुलाई प्रोत्साहन गर्नु पर्ने बताउनु भयो अध्यक्ष मेघनाथ शर्माले संस्थाको बार्षिक प्रतिबेदन तथा आगामी बर्षका लागि बार्षिक कार्ययोजना प्रस्तुत गर्दै शेयर सदस्यहरु सहकारी संस्थाको बारेमा सचेत हुनुपर्ने र आफु सम्बद्ध सहकारी संस्थाले बर्षमा गर्ने आम्दानी,आफुले गरेको बचत,संस्थाको बार्षिक कारोबारको बारेमा जानकारी हुनुपर्ने बताउनु भएको छ। अध्यक्ष शर्माले ४५० शेयर सदस्य भएको संस्थाको ४ करोड ७५ लाख ३८ हजार ४ सय सत्ताइस रुपैया बराबर कारोबार रहेको आिर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा समितिका संयोजक कृष्ण प्रसाद जैसीले संस्थाको लेखा प्रणाली र संस्थाले गरेका आर्थिक कारोबारका बारेमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।संस्थाका ब्यबस्थापक कपिल पौडेलको स्वागत तथा सचिव अर्जुन ढकालको संचालन रहेको साधारण सभामा संस्थाका जेष्ठ सदस्य, असल ऋणी र एस।इ।इ। परीक्षमा उत्कृष्ट ग्रेड लिई उत्तिर्ण गरेका शेयर सदस्यका छोराछोरीहरुलाई समेत सम्मन गरिएको थियो ।