साना किसान कृषि सहकारी गजेडीको नवौं साधारण सभा सम्पन्न

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
18 Shares


कन्चन /साना किसान कृषि सहकारी संस्था लिमिटेड,गजेडी,रुपन्देहीको नवौ साधारण सभा कञ्चनको बेलभरियामा सम्पन्न भएको छ । साधारण सभाको प्रदेश ५ रुपन्देही क्षेत्र नं। ५ ९क का सांसद भुमिश्वर ढकालले एक कार्यक्रमका बिच उद्धघाटन गर्नु भएको हो ।प्रदेश सभा सांसद ढकालले साधारण सभालाई सम्बोधन गर्दै महिलाहरु कुनैपनि ढंगबाट पछि पर्न नसक्ने र देशको नेतृत्व गर्न सक्ने महिलाहरुको क्षमता भएकोले हरेक क्षेत्रमा महिलाहरुको सहभागिता उत्साह जनक भएको बताउनु भएको छ। महिलाहरुको शसक्तिकरणका लागि साना किसान कृषि सहकारीको भुमिका महत्वपुर्ण रहेको भन्दै हरेक राज्यको हरेक नेतृत्वतहमा महिलाहरुको सहभागिता उल्लेख्य भएको र अव देशको निर्णायक भुमिकामा पनि महिलाहरुको क्षमतमा पुरुष भन्दा कुनै कमी नभएको समेत बताउनु भएको छ। अव महिलाहरु हिजोको चुल्होचौकाबाट आगन सम्म आइपुग्दा महिलाहरुको सकारात्मक प्रगति भएको र समाजको अभिन्न नेतृत्वतहमा आइपुगेको तर आगन छोडर आउदा राज्यको हरेक निकायमा महिलाहरुको सहभागिता पुरुषको भन्दा कुनै कम नहुने बताउदै अव समृद्ध कञ्चनको आधार निर्माण गर्न महिलाहरु एकजुट भएर लाग्नुपर्ने बताउनु भएकोछ।

यसैगरी कञ्चन गाउपालिका वार्ड नं। १ का वडा अध्यक्ष हरि नारायण थारुले महिलाहरु पनि सहकारी मार्फत उत्पादनमुखी कार्यमा लगानी गर्न सके पुरुषको भर पर्न नपर्ने बताउदै महिलाहरु उधमशिल बन्न जरुरी भएको बताउनु भएको छ ।यसैगरी नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका संचालक तथा साना किसान सहकारी संस्था,दुधराक्षका अध्यक्ष नर बहादुर घर्तिले किसानहरुले पनि सहकारी सफल रुपमा संचालन गर्न सक्ने सरल उद्धारण नै साना किसान सहकारीको सफलता हो भन्दै अव किसानहरु उधमी र उत्पादनशिल बन्न्ु आवस्यक रहेको बताउनु भएको छ।साना किसान बिकास लघुबित्त बित्तिय संस्था,इलाका कार्यलय बुटवलका प्रमुख कृष्ण शर्मा,साना किसान कृषि सहकारी संस्था लिमिटेड,सेमलारका अध्यक्ष गोपाल पौडेल,संस्थाका सल्लाहकार ओम प्रकाश शर्मा,चिन्तामणी न्यौपाने लगायतले बोल्नु भएको कार्यक्रममा सहकारीका जेष्ठ सदस्य,असल ऋणीहरुलाई सम्मान गरिएको थियो भने सहकमारीका मृतक सदस्यहरुको घरपरिवारका सदस्यहरुलाई आर्थिक राहत समेत प्रदान गरिएको थियो ।संस्थाका अध्यक्ष कोपिला घिमिरेको अध्यक्षता,बसन्ती चौधरीको संचालनमा भएको कार्यक्रममा संस्थाका उपााध्यक्ष सिता कुमारी क्षेत्रीले स्वागत गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया