एकल महिलाका लागि दुइदिने शसक्तिकरण तालिम

प्रकाशित मिति:

कञ्चन/कञ्चन गाउपालिकाको आर्थिक सहयोगमा कञ्चन गाउपालिकाका एकल महिलाहरु लागि संचालन गरिएको एकल महिला शसक्तिकरण तालिम सम्पन्न भएको छ।नेपाल बिकास केन्द्र,बुटवल,रुपन्देहीको आयोजनामा संचालन गरिएको दुइदिने तालिमको समापन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले एकल महिलाहरु हिजोको समयमा जस्तो रोएर हिड्नु नपर्ने तर आफुमा भएको आत्मबल र अन्तरनिहित क्षमतालाई पहिचान गर्न सक्नुपर्ने बताउनु भएको छ। समय र परिस्थितिले एकल हुनुपरे पनि एकल जिवनलाई उत्पादनमुखी बनाउनु पर्ने र आफुमा भएको सिप र क्षमतालाई प्रयोग गर्नको लागि गाउपालिकाले प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै यदि क्षमता र सिप छ र जिवनम केही गरेर देखाउने मनमा लागेको छ भने गाउपालिकामा योजना लिएर आए आफुले रित्तो फर्किन नपर्ने बताउनु भएको छ।

यस्तै कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले हामी महिलाहहरु महिला त्यो पनि एकल भएकै कारण अपहेलित हुनेदिन गएको बताउदै समाज परिबर्तन गर्ने जिम्मा महिलाहरुको कांधमा आएको बताउनु भएको छ । अव एकल महिला भएकै कारण अभागी भएको महसुस गर्नु भन्दा अव समाजमा समाजको लागि समाजकै नेतृत्वगरी समाज परिबर्तन गर्न र हातमा सिप र क्षमतालाई सदुपयोग गरी आत्म निर्भर बनेर समाजमा फरक पहिचान बनाउने हिम्मत गर्ने महिलाहरुको नै कथा लेखिने बताउनु भभएको छ । उपाध्यक्ष तरामुले भन्नुभयो सकेसम्म सामुहिक नभए एक्लै भए पनि केहीगर्ने योजना सहित गाउपालिकामा आए सक्दो अनुदान उपलब्ध गराउने बताउनु भएको छ ।दुईदिन सम्म संचालन भएको शसक्तिकरण तालिमको सहजिकरण इन्दिरा अर्याल,यमुना पाण्डे,कृष्ण घिमिरे,माधव सापकोटा लगायतले गर्नु भएको तालिम कञ्चन–१ लैसामा भएको थियो ।नेपाल बिकास केन्द्र,बुटवलका अध्यक्ष माधव सापकोटाको अध्यक्षता तथा कृष्ण घिमिरेको संचालनमा भएको कार्यक्रममा एकल महिलाहरुको तर्फबाट पोमा रेग्मी,पार्वती चौधरी खत्रीले तालिमबाट आफुहरुले सिकेको अनुभव ब्यक्त गरेका थिए ।