अर्घाखाँची सम्पर्क समिति युएइ दुबईको नयाँ कार्य समिति

प्रकाशित मिति:

युएइ
अर्घाखाँची सम्पर्क समिति युएइ दुबई क्षेत्रीय समितिको चौथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालको लागी जीवन रायमाझीको अध्यक्षतामा ४६ सदस्सीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

समितिको उपाध्यक्षमा हिमेन्द्र खत्री ,बाबुराम पौडेल ,अमित पाण्डे ,ईश्वरी बन्जाडे ,गीता पाण्डे ,के पी न्यौपाने, सचिवमा पदम आचार्य ,सह सचिवमा निर्मला पौडेल, कोषाध्यक्ष बलराम न्यौपाने, सह कोषाध्यक्ष कृष्ण जी सी छन् ।

त्यस्तै सदस्यहरुमा चक्रपाणी गैरे, राजु आचार्य, मीना पौडेल, कृष्ण के.सी ,नारायण बेल्बासे, सुशील श्रेष्ठ, टेकराज पाण्डे, बिरेन्द्र के सी, कृष्ण ओली, सरोज रायमाझी, हरि राना , खेम राज कुँवर, सुरज रेग्मी, कविराज अर्याल, मधुसुदन पाण्डे,दिनामणी पाण्डे , शिव पौडेल, उमा घिमिरे ,ओम प्रकाश खनाल, लेखनाथ अधिकारी, इन्द्र रिजाल, माधव आचार्य ,गोविन्द पोखरेल, पप्पु सेजवाल, पुष्कर खनाल, नारायण पाण्डे, गणेश थापा, भरत के सी, मुना पौडेल, मन्शोभा रेग्मी, कमला पाण्डे, पार्वती न्यौपाने, कमला क्षेत्री, जानका घिमिरे र शिव सोमरे छन् ।
समितिको संरक्षकमा कृष्ण प्रसाद गैरे र पाँच सदस्सीय सल्लाहाकार समितिमा पवन आचार्य, डि आर पाण्डे, विष्णु खनाल, गणेश श्रेष्ठ, तेजेन्द्र कुँवरलाई चयन गेरको छ ।

कृष्ण प्रसाद गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम कृष्ण भुसालको प्रमुख आतिथ्यता, राजु खड्काको बिशेष आतिथ्यता, गोपाल वि.कको स्वागत मन्तव्य र पदम आर्चाय र घनश्याम ज्ञवालीले संचालन गरेका थिए ।


विदेशमा रहेर पनि आफ्नो मातृभूमी प्रतिको माया र केही योगदान गर्नको लागि समिति सधै कृयाशिल रहने सचिव पदम आर्चायले बताए ।