आजदेखि मौसममा सुधार आउने

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/पश्चिमी न्यून चापीय वायूको प्रभाव कम हुँदै गएकाले आजदेखि मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।केहि दिनदेखि सक्रिय न्यून चापीय वायूको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपात हुँदा जनजीवन प्रभावित भएको थियो ।राजधानी काठमाडौंसहित देशभरका पहाडी जिल्लामा पानी पर्दा चिसो पनि बढेको छ । तर यो क्रम आजबाट सुधार हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

यो मौसमी प्रणाली कमजोर भए पनि हाल देशका पहाडी भूभाग तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको पौडेलले बताए । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने छ । तराईका क्षेत्रमा बिहान हुस्सु लागे पनि दिउँसो मौसम खुल्ने उनले बताए।दिनभर पनि पहाडी तथा उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहे पनि बाँकी क्षेत्रमा भने मौसम सफा हुनेछ । पानी पर्ने सम्भावना भने नरहेको जनाइएको छ ।काठमाडौँ उपत्यकासहितका क्षेत्रमा आइतबार दिनभरजसो घाम लाग्ने छ । बिहान ४।५ डिग्री सेल्सियस मापन भएको काठमाडौँको तापक्रम दिउँसो बढेर १७ डिग्रीसम्म पुग्न सक्ने मौसमविद पौडेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • तरुण दल प्रगतीनगरमा नेतृत्व चयन
  • उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह
  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…