वालिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

वालिङ/वालिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै संस्थाका सल्लाहकार एवं वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले सहकारीले देशको समृद्धिमा महत्वपुर्ण टेवा पुर्‍याउने हुँदा यस तर्फ सबै लाग्नुपर्ने बताइन् ।उनले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिई आर्थिक समृद्धि तर्फ जुटनुपर्ने बताउदै उपप्रमुख तिवारीले सहकारी समुदायमा केन्द्रित संस्था भएकाले सहकार्य र सहअस्थित्वको माध्यमवाट उत्पादनमूखि बनाउनुपर्नेमा जोड दिएकी थिइन् । उपप्रमुख तिवारीले समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरी सहयोगको भावना जागृत गराउन सहकारीले महत्वपूर्ण संस्कार अँगालेको बताउदै उनले भनिन, सामूहिकतामा काम गर्ने अभ्यास सहकारीले गरेको छ । विपन्न वर्गका समुदायको जीवनस्तर माथि उकास्न सहकारीको भूमिका अतुलनीय रहेको बताउदै विपन्नलाई सम्पन्न वनाउने खालका कार्यक्रमहरु सन्चालन गर्न आग्रह गरेकी छन् ।कार्यक्रममा संस्थाका सल्लाहकार सदस्यहरु ले।यामवहादुर गुरुङ, हुमकान्त कोइराला, रामवाच्छा बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक खिलराज पाठक, छाँयाक्षेत्र मन्दीर व्यवस्थापन समितीका अध्यक्ष पिताम्वर श्रेष्ठ लगायतले सहकारीको मर्म र भावना अनुरुप सन्चालन गरी सेयर सदस्यहरुको जीवनस्तर उकास्ने भूमिकामा सहकारी हुनुपर्ने वताएका थिए ।

साधारण सभाको अवसरमा संस्थामा उत्कृष्ठ कारोेवार गर्ने दुईजना लिलाकुमारी थापा र रमेश तामाङलाई सम्मान गरिएको थियो भने संस्थाको समाजिक उत्तरदायीत्व अन्तरगत संस्थाका सेयर सदस्य वालिङ १ भुम्रे निवासी सुकवहादुर दमैको दुबै मृगौला निष्कृय भई उपचाररत रहेकाले उनको उपचारमा सहयोग गर्ने उद्देश्यले रु पाँच हजार नगद सहयोग गरेको छ । भने सेयर सदस्यको सन्तती मध्ये गत वर्षको एस ई ई परिक्षामा उत्कृष्ठ छात्र छात्रा सम्मान गरेको छ । अधिस अर्याल, निकिता कोइरालाई नगद र शैक्षिक सामाग्रि सहित पुरस्कृत गरिएको थियो भने विवेक पंगेनी र सिजन पौडेललाई समेत नगद र शैक्षिक सामाग्रि सहित सान्तना पुरस्कार प्रदान गरिएको थियो । २०५९ सालमा स्थापना भएको यस संस्थाले १२ करोड, ५९ लाख १६ हजार ६ सय ७९ रुपैयाको कारोबार गरेको छ । ७ सय ४३ सेयर सदस्य रहेको सहकारी संस्थाको सेयर पुँजी एक करोड ९० लाख १४ हजार रहेको छ । संस्थाले गत आर्थिक वर्षमा १८ लाख ४७ हजार ९ सय ५७ मुनाफा गर्न सफल भएको जनाएको छ ।

संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको छ । साधारण सभामा सचिव खगेन्द्र प्रसाद अर्यालको प्रगति प्रतिवेदन, कोषाध्यक्ष लिलानारायण श्रेष्ठको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक भिमप्रसाद पंगेनीको लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो। भने संस्था संचालनका लागि निर्माण गरिएको ११ वटा नीतिहरु साधारण सभामा पेश गरी अनुमोदन समेत गरिएको थियो । संस्थाका उपाध्यक्ष रघुपती लम्सालको स्वागत, सहसचिव गुणनीधि काफ्लेको धन्यवाद सहित सम्पन्न साधारण सभा संस्थाका अध्यक्ष कर्णवहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । भने कार्यक्रमको संचालन सचिव खगेन्द्र प्रसाद अर्यालले सन्चालन गरेका थिए । साधारण सभा वालिङ नगरपालिका वाड नं ८ स्थित पतञ्जली योग भवनमा सम्पन्न भएको थियो ।