इरानका ५२ वटा स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


अमेरिका– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएका छन् । इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानी शुक्रवार भएको अमेरिकी ड्रोन आक्रमणमा इराकको बग्दादमा मारिएपछि ट्रम्पको त्यस्तो भनाइ सार्वजनिक भएको हो । इरानले सुलेमानीको मृत्युको प्रतिशोध लिने उद्घोष गरिसकेको छ ।

शनिवार बग्दादमा सुलेमानीको शवयात्रामा हजारौँ मानिस सहभागी भएका थिए । त्यसको केही बेरपछि शवयात्रा गरिएको क्षेत्रमा केही विस्फोटहरू भएका थिए। ग्रीन जोनमा अमेरिकी दूतवासनजिकै एउटा क्षेप्यास्त्र खसेको थियो । अमेरिकी सैनिकहरू बस्ने ठाउँ भएको राजधानीको उत्तरी क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएको थियो।

तर ती घटनामा कोही घाइते नभएको इराकी सुरक्षास्रोतहरूले बताएका छन् । ती आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। तर इरानपक्षधर लडाकुहरूलाई त्यसको दोष लगाइएको छ । ट्रम्पले अमेरिकी पक्षमाथि आक्रमण भए अमेरिकाले “इरानका ५२ वटा स्थानलाई निसाना बनाउने” र त्यो “धेरै छिटो र धेरै कडा” हुने सामाजिक सञ्जाल ट्विटरमा लेखेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु