आँखो फुट्ने गरी शिक्षकले विद्यार्थीलाई कुटेपछी …

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल – रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् । कुटाइबाट उनको आँखामा चोट लागेको छ । सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् । कुटाइबाट १० वर्षीय बालक मोहमदतोफिक देवानको बाँया आँखामा गम्भीर चोट लागेको छ । धुनियाका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको बताए ।

तर, ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गरे। ‘धुनिया शिक्षकको कुनै पनि कुरा मान्दैनथे । अटेरी गरी गृहकार्य नगरेको कारण उनलाई सामान्य तर्साउनु भएको हो । कुट्नु भएको छैन’, प्राचार्य बरईले भने ।

परिवारको गुनासो– प्रहरीले उजुरी लिएन शिक्षकबाट आफ्नो सन्तान निर्घात कुटिए पनि प्रहरीले उजुरी लिन नमानेको गुनासो परिवारका सदस्यले गरेका छन् । तौफिक कुटिएपछि संलग्नमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगे पनि दर्ता नभएकाे परिवारकाे भनाइ छ । तर, मचर्चवारका कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालले प्रक्रिया नपुर्‍याइ उजुरी आएकाले दर्ता नगरिएको बताए । घाइतेको उपचारमा ध्यान दिन र प्रक्रिया पुर्‍याएर उजुरी दिन आफूले आग्रह गरेको उनले जानकारी दिए । – कपिल ज्ञवालीले अनलाइनखबरमा लेखेका छन ।तस्बीर ईन्सेक वाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • आज  बिहीवारको राशिफल
  • माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने
  • पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क गर्ने