अनुसन्धान भन्छ– जेठो सन्तान निकै बौद्धिक ,अरु सन्तानले सक्दैनन जेठोलाई भेटाउन !

प्रकाशित मिति:

के तपाईं घरको जेठो सन्तान हुनुहुन्छ ? त्यसो हो भने तपाईं लागि खुसीको खबर छ । केही समय अघि मात्र गरिएको अध्ययन अनुसार, कुनैपनि परिवारको जेठो सन्तान हुनुका फाइदा धेरै छन् । जर्मनस्थित लिपजिग युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसार, परिवारको सबैभन्दा जेठो सन्तान अन्य भन्दा धेरै फूर्तिलो र बौद्धिक हुन्छ ।

अनुसन्धान प्रतिवेदन अनुसार, पहिलो बच्चा पछि जन्मिने हरेक सन्तान पहिलोको तुलनामा कम बौद्धिक र फूर्तिलो हुन्छन् । अर्थात् वैज्ञानिकहरुका अनुसार पहिलो भन्दा दोस्रो अलिक कमसल, दोस्रो भन्दा तेस्रो झन् कमसल, चौथौ अझै कमजोर हुने गर्छन् । तर सबैको हकमा भने यो कुरा लागु नहुने बैज्ञानिकहरुको निश्कर्ष छ । अभिभावकहरुबाट पाउने गुण पछिल्ला सन्तानमा कम हुँदै जाने भएकाले पनि पछिका सन्तान हरेक दृष्टिले कमजोर हुने वैज्ञानिकहरुको दाबी छ । अनुसन्धानकर्ताहरुले सयौं बालबालिका माझ यो अध्ययन गरेका थिए । सो अध्ययन प्रोसिडिङ अफ दी नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित गरिएको छ ।