कालिका मानवज्ञान बिद्यालयमा सेनेटरी प्याड वितरण मेशिन जडान

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल –  प्रदेश ५ मा नै उत्कृष्ट सामुदायिक विधालय रहि आएको कालिका मानवज्ञान विधालय कालिकानगरमा विधालयका छात्रा तथा शिक्षीकालाई लक्षित गर्दै महिनावारीको समयमा प्रयोग गरिने सेनेटरी प्याड उपलव्ध गराउने (भेन्डीङ्ग)मेशिन जडान गरिएको छ । किशोरी शिक्षाकालागि किशोरी मैत्री विधालयको लक्ष्य अनुरुप सो मेशिन जडान गरिएको विधालयका प्राध्यानध्यापक धनश्याम पाठक ले जानकारी दिनुभयो । किशोरी विधार्थी रजस्वला (महिनावारीे) बेलामाआवश्यकहुने सेनेटरी प्याड विधालय परिसरमा रहेको सेनेटरी प्याड भेन्डीङ्ग मेशिनबाट विना हिचकिचाहट विधार्थी स्वयम्ले सिक्काको प्रयोग गरि निकाल्न र प्रयोग गर्न सक्ने हुदाँमहिनावारीको समयमा छात्राको विधालय अनुपस्थिती हुने समस्या हट्ने सहायक प्रधानाध्यापक दिनेश थापाले बताउनु भयो ।

नेपाल सरकारले आ.व २०७६÷७७को बजेट बक्तव्य बाट देशभरका सामुदायिक विधालयमा सेनेटरी प्याड निशुल्क वितरण गर्ने कार्यक्रम लिएकोमा यस किसिमको मेशिनले वितरण प्रणालीमा सहजता तथा मितव्ययिता साथै विधार्थीहरु प्रविधी मैत्रीहुने उक्त मेशिन सप्लार्यस पिनाकल एण्ड कम्पनी प्रा.लि कालिकानगरका संचालक ज्ञानेन्द्र गिरीले जानकारी दिनु भयो ।