अष्ट्रेलियामा नदीमा पौडी खेल्ने क्रममा दुई नेपालीको डुबेर निधन

प्रकाशित मिति:

एजेन्सी – अष्ट्रेलियामा नदिमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको निधन भएको छ । सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई जना नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको छ।

शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर दुई युवाको निधन भएको त्यहाँ स्थित नेपालीले जनाएका छन् । चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्लीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अर्का एक नेपालीलाई भने हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। गम्भीर अवस्थामा रहेका प्रदीप पाण्डेको भने उपचार भइरहेको जनाएका छन् । सिड्नीबाट तीन सय किमी टाढा अरेन्ज सहरमा बिहीबार अर्का एक नेपालीको पनि डुबेर निधन भएको थियो। रूपेन तामाङको तलाउमा डुबेर निधन भएको एनआरएन अष्ट्रेलियाले जनाएको छ।