ग्रेटर सान फ्रान्सिस्को क्षेत्रका नेपालीहरुले मनाए नयाँ बर्ष पिकनिक

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


कृष्ण के सी – ग्रेटर सान फ्रान्सिस्को बे एरियाका नेपालीहरुले आलामेडा पार्कमा नयाँ वर्ष २०२० लाइ स्वागत गर्दै भब्य पिकनिक कार्यक्रम सम्पन्न गरेका छन्।जनवरी ४, २०२० शनिबारका दिन आलामेडा पार्कमा ग्रेटर सान फ्रान्सिस्को बे एरियाका नेपालीहरुको पिकनिक सम्पन्न भएको छ। रजिस्टर गर्ने उपस्थित व्यक्तिहरु नै ३५० भन्दा धेरै थिए भने ७० जना भोलेण्टर र धेरैजनाले आफ्नो नाम रजिस्टर गरेनन, बच्चा र पछिल्लो समय उपस्थित भएका एक हुलले सबै जोड्दा उपस्थित हुनेहरुको संख्या ५०० भन्दा धेरै रहेको थियो।पिकनिकमा मम, चिउरा, छोयला, बारबिक्यू, अचार लागायत थुप्रै परिकार र सफ्ट ड्रिङ्क समेत निशुल्क प्रदान गरिएको थियो। पिकनिकमा मम बनाउने र दिने काम भने

MOMO & KEBAB नामले फ्रिमण्टमा खुल्दै गरेको नयाँ रेष्टुरेण्टले गरेको थियो।पिकनिकमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, समर्थक र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।पिकनिक सफल गर्नको लागि श्रीराम थापा-काजीसापको संयोजकत्वमा २१ सदस्य आयोजक समिति समेत बनाइएको थियो। आयोजक सदस्यहरुमा क्रान्ति अर्याल भण्डारी, सुरेश हमाल, रविस वाईवा, सुदिप पण्डित, भोजेन्द्र जिसी, रेशम बिस्वकर्मा, शन्देश श्रेष्ठ, दिपक पाठक, विनी पाण्डे, रवि सिह बस्नेत, सिमरन आचार्य, तेजेन्द्र बराल, तीर्थ वाईबा, सागर अधिकारी, बिरबहादुर बुढ़ाथोकी, बलबहादुर केसी, बिस्व पन्त, हेमन्त पौडेल, नेत्र बिनोद अधिकारी।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया