सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा विद्यार्थी सम्मान

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट / बुटवल – रुपन्देहीको बुटबलमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसले एक कार्यक्रमका बिच स्नातक तह चौथो बर्षमा उत्रीण भएका बिद्यार्थिहरुलाइ सम्मान गरेको छ। विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रात्यायन प्राप्त सिद्धार्थ गौतमबुद्ध क्याम्पसले २०७६ पौष २० गते एक कार्यक्रम को आयोजना गरि स्नातक तह चौथो बर्षको वार्षिक परिक्षा २०७६ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

क्याम्पस प्रमुख बाबुराम पाण्डेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा स्नातक तह चौथो बर्षको वार्षिक परिक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई अबिर, खादा एवं उपहार प्रदान गरि सम्मान गरिएको हो । सर्वोत्कृष्ट नतिजा ल्याउने ब्यवस्थापन संकायकी छात्रा अस्मिता पन्थी एवं शिक्षा संकायका छात्र मोहन कुमाललाई विशेष सम्मान ग्रहण गरेका हुन । सम्मान पश्चात् बोल्दै यो क्याम्पसले उत्कृष्ट शैक्षिक वातावरण र शैक्षिक गुणस्तर कायम गरि विद्यार्थी एवं अभिभावकहरु माझ लोकप्रियता हासिल गरेको बताए । कार्यक्रममा विभागीय प्रमुखद्वय भुपाल शर्मा र कृष्ण प्रसाद शर्मा, पब्लिक क्याम्पस प्राध्यापक संघका इकाई अध्यक्ष गोपाल प्रसाद चापागाईं एवं निवर्तमान क्याम्पस प्रमुख बिष्णु प्रसाद रानाले उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना सहित आफ्नो मन्तव्य राख्नुभएको थियो । सहायक क्याम्पस प्रमुखद्वय रामनाथ उपाध्याय र रिता रेग्मीले सेमेस्टर प्रणाली अन्तर्गतको स्नातकोत्तर तहको प्रवेश तथा भर्ना प्रक्रिया, शैक्षणिक क्रियाकलाप र परिक्षा प्रणालीको बारेमा जानकारी दिनुभएको थियो ।

शिक्षा कार्यक्रम संयोजक तिर्थराज काफ्लेको सञ्चालन एवं ब्यवस्थापन कार्यक्रम संयोजक टीकाराम घिमिरेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमका सभापति एवं क्याम्पस प्रमुख बाबुराम पाण्डेले क्याम्पसको भौतिक, शैक्षिक, प्राज्ञिक आर्थिक र सामाजिक सम्बन्धको विकासको लागि सरोकारवाला सम्पुर्ण पक्षहरुको सहयोग जरुरी रहेको धारणा राख्दै विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?