१०७ वटी श्रीमतीका पति बेल्लोको अर्को बिहे गर्ने चाहाना ।

प्रकाशित मिति:

एजेन्सी। मानिसहरुका चाहना पनि अनेक हुन्छन् । अधिकांश मुलुकमा एउटा भन्दा बढी विवाह गर्दा बहुविवाहको मुद्दा बेहोर्नुपर्छ । तर, नाइजेरियाका एक व्यक्तिलाई भने १०७ वटा श्रीमती हुँदा पनि अझै विवाह गर्ने चाहना मरेको छैन । १०७ वटा श्रीमतीका पति हुन मोहम्मद बेल्लो अबबुकर । त्यसो त बेल्लो अबबुकर नाइजेरियनका विवादित पुरुष हुन् । उनको उमेर ९३ वर्ष भएको छ । उनका श्रीमती मात्रै १०७ वटी छन् भने बच्चा १८५ जना छन् । यसका बावजूद मोहम्मद बेल्लोले अर्को बिहे गर्ने चाहना राखेका छन् । बेल्लोले भनेका छन् कि, अझै म मरेको छैन, पूरै तरिकाले जिउँदो छु, बिहे गर्न जारी नै राख्नेछु ।

बेल्लो यसरी बिहे गर्ने ईश्वरको हुकुम भएको बताउँछन् । केही इस्लामिक अधिकारीसँग बेल्लोको झगडा पनि भइसकेको छ । बेल्लोको परिवारलाई सिंगो समुदायका रुपमा हेरिन्छ ।केही समय पहिले उनको मृत्यु भएको खबर सार्वजनिक भएको थियो । तर पछि उनले आफ्ना विरोधीहरुले यस्तो भ्रम फैलाएको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए । यस खबरलाई लिएर मोहम्मद बेल्लोले पत्रकारसँग आफू पूर्ण रुपमा जिउँदो भएको बताए । त्यो समयमा उनले भनेका थिए ‘जसले मेरो मृत्युको खबर फैलाएको छ, उसलाई अल्लाहले मलाई के गरे र उसका लागि के गरिरहेका छन् ।