कुमारित्व तोड्ने सहि उमेर कुन हो ? जान्नुहोस् !

प्रकाशित मिति:

युवायुवतीलाई निकै कम उमेरमा यौन सम्बन्ध स्थापित गरेर आफ्नो कुमारित्व गुमाएकोमा निकै अफसोस हुने ब्रिटेनमा यौन व्यवहारमाथि गरिएको एक अनुसन्धानले खुलासा गरेको छ । किशोरावस्थामा भएका एक तिहाई बढी महिला र एक चौथाईभन्दा बढी पुरुषले पहिलो पटक यौनसम्बन्ध राख्दा, आफ्नो उमेर सही नभएको स्विकार गरेका छन् । ब्रिटेनमा यौन सम्बन्धका लागि कानूनी रुपमा १६ वर्ष वा सोभन्दा माथि हुनुपर्छ । नेशनल सर्भे अफ सेक्सुअल एटिट्युड एण्ड लाइफस्टाइल पोलले हालै देशव्यापी रुपमा सर्वेक्षण गरेको छ । जसअनुसार थुप्रै मानिसहरु यो उमेरमा सम्बन्ध स्थापित गर्नका लागि तयार नहुन पनि सक्छन् ।

यो सर्वेक्षण हरेक १० वर्षमा गरिन्छ जसले ब्रिटेनमा यौन व्यवहारको एक विस्तृत जानकारी प्रदान गर्छ । हालैको सर्वेक्षणको नतिजा लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा बिएमजे सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थमा प्रकाशित भएको थियो । यो सर्वे तीन हजार युवायुवतीमाथि थरिएको थियो जुन सन् २०१०–२०१२ मा पुरा भयो ।

के भन्छ सर्वे ? युवायुवतीको प्रतिक्रियाबाट पत्ता लागेअनुसार ४० प्रतिशत युवती र २६ प्रतिशत युवकलाई यौनसम्बन्धको उनीहरुको पहिलो अनुभव सही समयमा नभएको बताएका छन् ।

जब उनीहरुसँग थप विस्तृतमा कुरा गरियो तब धेरैजसोलाई अझै केही समय प्रतिक्षा गर्नुपर्ने थियो भन्ने लाग्ने गरेको बताए जबकी केहीले मात्रै कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नुपर्नेमा सहमती जनाए । धैरेजसोले १८ वर्षको हुँदा यौनसम्बन्ध स्थापित भएको बताए । आधा जतिले आफू १७ वर्षको हुँदा सम्बन्ध बनाएको बताए भने एक तिहाईले १६ वर्षअघि नै यौनसम्बन्ध नै बनाएको बताए ।