न्यू लाइफद्धारा पारीजात वनमा वृक्षारोपण

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने / बर्दघाट –  न्यू लाइफ माध्यमिक विद्यालय तथा कलेजद्धारा आफ्नो रजत जयन्तीको अवसरमा आज एक कार्यक्रमका विच पारिजात सामुदायिक वनले स्थापना गर्न लागेको हरियाली सामुदाियक पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि जिसन नवलपरासीका अध्यक्ष धनराज चापागाईले बालबालिकाहरुलाई सानै उमेरदेखि प्रकृतिसँग रमाउन सक्ने खालका कार्यक्रमहरु गर्नु अत्यन्त सराहनीय भएको बताउनु भयो ।गुणस्तरीय शिक्षामा प्रकृति प्रेमी शिक्षा तथा वातावरणिय परिवेशको ठूलो महत्व रहेको चापागाईले बताउनुभयो ।

क्याम्पस प्रमुख मोहन शरण पाण्डेयको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयका सस्थापक सदस्य थम अधिकारीको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन वृक्षारोपण कार्यक्रमका संयोजक शिव प्रसाद शर्माले गर्नुभएको थियो । पारिजात वनमा करिव चार सय वटा अशोकाका विरुवाहरु लगेर वृक्षारोपण गरिएको थियो । कार्यक्रममा न्यू लाइफ माध्यमिक विद्यालय तथा कलेजका व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर अधिकारी, पारिजात सामूदायिक वनका अध्यक्ष चुणामणी भण्डारी तथा विद्यालयका शिक्षक÷शिक्षिका एवम् विद्यार्थीहरु गरि करिव एक सय पचास जनाको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया