न्यू लाइफले ग¥यो नगर तथा सार्वजनिक स्थल सरसफाइ

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने / बर्दघाट –  न्यू लाइफ माध्यमिक विद्यालय तथा कलेजले आफ्नो रजत जयन्तीको अवसरमा आज एक कार्यक्रमका विच नगर तथा सार्वजनिक स्थल सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका नगर प्रवक्ता एवम् वडा नं। ४ का अध्यक्ष वडा रविन्द्र विक्रम हमालले आफ्नो फोहोर आफैले व्यवस्थापन गर्र्न अभिप्रेरीत गर्ने यस्ता कार्यक्रमहरुले नगरलाई सरसफाई राख्न अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नगरलाई वातावरण मैत्री बनाउनको लागि नगर भित्र रहेका सार्वजनिक स्थलहरु पाटी–पौवा, मठ–मन्दिर,विद्यालय मात्र सरसफाई भएर नहुने बताउदै उहाँले नगरमा रहेका प्रत्येक व्यक्तिले फोहोर व्यवस्थापनमा विशेष ध्यान दिन सके स्वच्छ नगरको

परिकल्पना गर्न सकिने बताउनुभयो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुद्धारा पूर्व पश्चिम राजमार्गको करिव दुई किलोमिटर, शिवलाय मन्दिर र विद्यालय लगायतका ठाँउहरुमा सरसफाई गरिएको प्रधानाध्यापक सन्तोष अधिकारीले बताउनुभयो । विद्यालयका सह–प्रधानाध्यापक दिनानाथ पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयका संस्थापक सदस्य डिल बहादुर अधिकारीको अध्यक्षता तथा शिक्षक मेघराज अधिकारीको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक÷शिक्षिका एवम् विद्यार्थीहरु गरि करिव चार सय जनाको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला