सिद्धार्थनगरमा ईरिक्सा व्यवस्थापन गर्न व्यवसायीको माग

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


भैरहवा – सिद्धार्थनगर नगरपालिकामा ई रिक्सा अव्यवस्थित रुपमा भित्रीएको र व्यवसायीले रिक्सा बेचेर आम्दानी गरेता पनि नगरलाई आवश्यक भन्दा बढी रिक्सा हुँदा आम्दानी नहुने र नगरको सुन्दरतालाई समेत असर पर्ने भएकोले व्यवस्थापन गर्न ध्यान दिनुपर्ने व्यवसायीले माग गरेका छन् । सिद्धार्थनगरमा आवश्यक भन्दा बढी रिक्सा भित्रँदा समेत नगरपालिकाले कुनै आचार संहिता नबनाएको र मनपरि ढङ्गबाट रिक्सा बिक्रि वितरण भइरहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताए ।ईरिक्सालाई सहयोग तथा सेवा गर्नु नेतृत्वकर्ता दायित्व रहेको भन्दै प्रदेश सरकारमा लाइसेन्स दिने, रुट प्रमिट दिने अधिकार हाल मात्रै आएकोले व्यवस्थापन तथा सहयोग गर्न आफू सधै तत्पर रहेको प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य सन्तोष पाण्डेले बताए । भैरहवा तथा आसपासका क्षेत्रमा जतिबेला पनि ईरिक्सा चालकलाई समस्या परेमा फोन गरेमा समाधानका लागि तत्पर रहेको प्रदेश सभा सदस्य पाण्डेले बताए ।ईरिक्सा चालकहरुले लाइसेन्सको व्यवस्था मिलाउन सिद्धार्थनगर पालिकाले

पहल गर्नु पर्ने बताइरहेका बेला नगर प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिका सँग अधिकार नरहेको बताउँदै नगरपालिकामा जम्मा ५० ओटा मात्रै ईरिक्सा दर्ता भएको र नगरमा चल्ने ईरिक्साले मनपरि भाडा लिने गरेको बताए ।ईरिक्सा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष हरिबहादुर नेपालीले वातावरण मैत्री धुलो धुवा र प्रदुषण रहित ईरिक्साले सिद्धार्थनगर पालिकाको सुन्दरतालाई माथि उठाएको छ यहाँका जन साधारणलाई छिटो–छरितो सेवा प्रवाह गरिरहेको बताए । उनले भने– “यस सेवाबाट श्रम स्वरोजगारको जिपिकोपार्जनको आधार पाएका छन् । तर वर्तमान समयमा आवश्यकता भन्दा बढि ई–रिक्सा सिद्धार्थनगरपालिकाले थेग्ने भन्दा बढि बाहिरीक्षेत्रबाट प्रवेश गरि संचालन भईरहेको हुँदा दैनिक समस्याहरु उत्पन्न भएका छन् । जसका कारण सवारी दुर्घटनामा समेत वृद्धि भईरहेको छ । ई–रिक्सा व्यवस्थापन गर्नुपर्ने समयमा थप ई–रिक्सा भित्रिएकाले यस नगरको सुन्दरता र सुरक्षामा प्रभावित तुल्याउने भएकाले यस नगरपालिका भित्र गुडेका ई–रिक्साहरु छिटो भन्दा छिटो व्यवस्थिापन गर्नको लागि नगरपालिकाले पहल गर्नु पर्छ ।

नगरपालिकामा अहिल करिब १ हजार ईरिक्सा तथा अटो रिक्सा रहेका छन् ।”मानिसको अनुहार हेरेर ईरिक्सा चालकहरुले भाडा लिने कार्य नगर्नकोलागि नेपाल ट्रेडयुनियन काङ्ग्रेसका राम गरुङले बताए । मजदुरहरुको हकहित र संरक्षण गर्नकालागि अखिल नेपाल ट्रेड युनियन महासंघ प्रतिबद्ध रहेको अध्यक्ष दुर्गा मरासिनीले बताउँदै व्यवसायीलाई समस्या परे सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भिष्म न्यौपाने, उद्योग व्यापार संगठनका महासचिव अनिल ज्ञवाली, सिद्धार्थ सार्वजनिक यातायात प्रालिका सञ्चालक सियारम यादव, ईरिक्सा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लालमणी भण्डारी लगायतले बोल्दै ईरिक्सा व्यवस्थापन गर्नमा नगरपालिकाले पहल गर्नुपर्ने बताए । ईरिक्सा किनेर सञ्चालन गर्दा नेपालमै स्वरोजगार बन्दै गएको अवस्थामा नगरमा पार्किङ्को समस्या भएको ईरिक्सा व्यवसायी संघ सिद्धार्थनगरका उपाध्यक्ष बरुण समशेरले बताउँदै ईरिक्सा सिद्धार्थनगरलाई आवश्यक भन्दा बढी भित्रिएको अवस्थामा नगरपालिकाले नै रोक्नकालागि पहल गर्नु पर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु