अष्ट्रेलियाको डढेलोको मुस्लो न्युजिल्याण्डसम्म पुग्यो

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ । डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन् । न्युजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हँुदै मुस्लो न्युजिल्याण्डतर्फ आएको जनाएको छ । अष्ट्रेलियाको आगलागीबाट मुस्लो आएको यो दोस्रो पटक भएको न्युजिल्याण्डका अधिकारीहरुले जनाएका छन् । मुस्लोले उत्तरी आइसल्याण्ड र दक्षिणी आइसल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ । यसले दीर्घकालीन असर भने नपर्ने बताइएको छ ।रासस\सिन्ह्वा

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कम्युनिष्टले जनताको अपमान गरेको कांग्रेस नेताहरुको ठहर
  • रोटरी मेडिकोफ्युजनले सुरु गर्यो ‘जथाभावी नथुकौं’ अभियान
  • प्रधानमन्त्रिले असंवैधानिक कदम सच्चयाउनुपर्छ : सिंह
  • लाफा समुहको आयोजनामा माघ २३ गतेदेखि तेस्रो लाफा खुला तथा…
  • नेपाल रेडक्रस सोसाइटी पन्चनगर उपशाखाको साधारण सभा सम्मपन्न
  • चीनद्धारा नेपाल लगायत पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशसँग कोभिड–१९ का…
  • प्राज्ञिक विद्यार्थी परिषद, नेपाल द्धारा कक्षा ११ को पाठ्यक्रमको अन्योल…
  • न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान
  • आज २०७७ पुस २५ गते शनिबार
  • सुर्य गंगा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५ औँ…