परोपकार बहुउद्धेश्यीय सहकारीको १४ औँ बार्षिक साधारण सभा सम्पन्न ,अध्यक्षमा गोपिकृष्ण खरेल

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री / गुल्मी –  परोपकार बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड मुसिकोट नगरपालिका ७ वामीको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिवार सम्पन्न साधारण सभाको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले सहकारीले देशको समृद्धिमा महत्वपुर्ण टेवा पु¥याउने हुँदा यस तर्फ सबै लाग्नुपर्ने बताए। उनले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिई आर्थिक समृद्धि तर्फ जुटनुपर्ने पनि बताए ।परोपकार सहकारीले राज्यले गर्न नसकेको काम गरेको भन्दै विद्युतको पहुँचबाट टाढा रहेका नागरिकलाई लघुजलविद्युत आयोजना सञ्चालन गरी विद्युत सेवा प्रवाह गर्नु सह्रानीय कार्य रहेको सापकोटाले उल्लेख गरे । सहकारी समृद्धिको मेरुदण्ड भएकाले सम्पूर्ण शेयर सदस्यहरु सहकारी मार्फत सामुहिक आर्थिक विकासमा लाग्नुपर्ने धारणा व्यक्त गर्दै सहकारीको प्रगतिका लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोगका लागि आफु प्रतिबद्ध रहेको समेत बताए ।

सहकारी समुदायमा केन्द्रित संस्था भएकाले नाफामूलक भन्दा पनि सेवाप्रवाहमा ध्यान दिएर काम गर्न उहाँको आग्रह गरे। उक्त अवसरमा आर्थिक समिति सदस्य लिलाधर घिमिरेले आर्थिक वर्ष २०७५÷०७६ को १ करोड ३ लाख ८६ हजार १ सय १३ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। भने संस्थाका अध्यक्ष प्रकाश काफ्लेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको अवसरमा संस्थाले असल ऋणी र असल बचतकर्ता १५÷१५ जनालाई सम्मान पनि गरेको छ । कार्यक्रममा लक्ष्मी नारायण महिला कृषि सहकारी संस्थाकी अध्यक्ष यमुना घिमिरे, गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्य, ऋण समिति सयोंजक अग्नीधर लोहोनी लगायतले शुभकामना मन्तव्य राखेका थिए। २०४९ सालमा दर्ता भई २०६३ सालबाट कार्यसञ्चालन गरेको सहकारीमा हाल १ हजार ९ सय १५ जना सेयर सदस्य रहेका छन् । भने सहकारीले परोपकार लघुजलविद्युत आयोजना मार्फत १३५ किलोवाट विद्युत उत्पादन गरी मुसिकोटको ९ वटै वडा र बढीगाढ गाउँपालिकाको १ र २ वडाका एक हजार ४०० घरधुरीमा विद्युत सेवा प्रवाह गर्दै आईरहेको छ ।

 

चालु आर्थिक वर्षसम्म सहकारीको शेयर चुक्ता पुँजी ४ करोड ४१ लख १७ हजार ७ सय ९९ रुपैयाँ जसअन्तर्गत पाउनुपर्ने पेश्की ११ लाख ७६ हजार ३ सय, चालु आर्थिक वर्षसम्म जम्मा बचत १ करोड ७ लाख २० हजार ४ सय ५४ तथा बैकं मौज्दात ३४ लाख ९३ हजार १ सय ५४ रुपैयाँ रहेको छ ।सहकारीका अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव नारायण सापकोटाको स्वागत र गोपिकृष्ण खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।सभाले गोपिकृष्ण खरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हरि बहादुर थापा, सचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा कृष्ण प्रसाद सापकोटा लगायत अन्य सदस्यहरु रहेका छन । सोही अवसरमा लोकमणी अर्याल सयोंजक रहेको ५ सदस्यीय लेखा समिति ,हरिहर सापकोटाको संयोजकत्वमा ५ सदस्यिय ऋण समिति र अर्जुनसिंह ठकुरीको संयोजकत्वमा ५ सदस्यिय शिक्षा उप समिति पनि गठन गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया