दलित पत्रकार संघ दैलेखको अध्यक्षमा बयलकोटी

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


सुर्खेत – राष्ट्रिय दलित पत्रकार संघको प्रथम जिल्ला सम्मेलनले पृथ बयलकोटीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतीमा गठन गरेको छ । जसको उपाध्यक्षमा टोपेन्द्र सोनी, सचिव कृष्ण दैलेखी, सहसचिव दुर्ग दर्जी, कोषाध्यक्ष कमला बीसी, सदस्यहरु सन्दीप बिक, करिना नेपाली समेत चयन भएका छन् । सम्मेलनले कार्यसमितिको सल्लाहकारमा सूर्य बिश्वकर्मा, बिशाल सुनार र अभिशेक अनुराग छन् भने निकट भविष्यमा हुने कर्णाली प्रदेश सम्मेलनमा दैलेखबाट हिक्मत नेपाली र मदन बिकलाई प्रतिनिधि चयन गरेको छ । सम्मेलन उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभा आर्थिक समितिका सभापति अम्मरबहादुर थापाले विगतमा गरेको विभेदलाई बिर्सेर अव अहिले कसले कसरी सद्भाव देखाएको छ भनेर सकारात्मक तरिका सहकार्यता बढाए विभेद छिटो निर्मूल हुने बताएका छन् । उनले अगाडि भन्नुभयो विभेद बिरुद्ध हामी जस्ता गैरदलितहरु जुटेको बेला दलित समुदाय आत्मबलका साथ अघि बढ्नुपर्ने सुझाव दिए । त्यसक्रममा कर्णाली प्रदेशसभा आर्थिक समितिका सभापति थापाले दलित उत्पीडितहरुका लागि भनिएको लक्षित विकास कार्यक्रमहरु अत्यन्तै कमजोर र निमुखा दलितहरुका लागि लगानी गर्न सके मात्र प्रतिफल राम्रो हुने टिप्पणी गरे ।

नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले दलितहरुको हीनतावोध हटाउन र पढ्दै गरेको विद्यार्थीमा विद्यालय छोड्ने समस्या निवारणमा ध्यान दिनुपर्ने औल्याए । महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले दलितको आर्थिक उपार्जनमा ध्यान दिनुपर्ने बताए । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सचिव अमर सुनारले दलित समुदायका पत्रकारहरुवीच आपसी एकता र जातीय विभेद समस्यालाई दरिलो ढंगले उठाउन यो संगठनको स्थापना भएको प्रष्ट्याए । पेशागत संगठनहरुका तर्फबाट नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसी, राजनीतिक दलहरुका तर्फबाट नेपाल मजदूर किसान पार्टीका सचिव लक्ष्मीकुमार बिक, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष हिक्मत नेपाली लगायतले नेपाली पत्रकारिता र जातीय विभेद सवाल विषयमा प्रकाश पारेका थिए । २०७६ जेठ १८ गते काठमाण्डौंमा स्थापना भएको राष्ट्रिय दलित पत्रकार संघको २३ सदस्यीय केन्द्रीय समितिमा दैलेखका अग्रज पत्रकार अमर सुनार केन्द्रीय सचिव छन् । संघले दैलेख समेत २८ जिल्लामा समिति गठन गरिसकेको छ भने माघ पहिलो सातासम्म सात वटै प्रदेशमा प्रदेश सम्मेलन गरिसक्ने योजना बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन