किसान सरकार हातेमालो कार्यक्रम विस्तार

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


सुर्खेत – कर्णाली प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विस्तार गरिएको छ । उक्त कार्यक्रम अन्तरगत गतवर्ष चिङगाड गाउँपालिका –४ मटेलामा सञ्चालन गरिएको थियो । गाउँ कार्यपालिकाको निर्णय अनुसार गरीव दलित बस्तीहरुमा यो कार्यक्रम लागु गर्न निर्णय गरिएको थियो । आइतवार कर्णाली प्रदेश सभाकी सिता नेपाली, संविधान सभाकी सांसद ललिता रेगमी, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र भारी, कृषि निर्देशनालयका प्रमुख चित्र बहादुर रोकाय, चिङगाड गाउँपालिकाका अध्यक्ष देव बहादुर चन्द, उपाध्यक्ष मनमायाँ आचार्य, वडा अध्यक्ष लगायतको टोलीले गत सालको अनुदानबाट गरेका टमाटरका टनेलहरुको अनुगमन गरेका छन्।

व्यवसायिक रुपमा टमाटर खेती गर्न थालिए पनि प्राविधिक ज्ञानको अभाव, सिंचाई पानीको अभाव, संकलन केन्द्रको  अभाव लगायतका समस्याहरु भएकोले सोचे जस्तो आम्दानी गर्न नसकेको स्थानीय कृषकहरुले बताएका छन् । उनीहरुले अनुदान रकमलाई निरन्तरता दिंदै प्राविधिक ज्ञानमा सहयोग गर्न अनुरोध गरेका छन् । प्रदेश सभाकी सांसद सिता नेपालीले प्रदेश सरकारले बाटो देखाएको र अगामी दिनमा व्यवसायलाई निरन्तरता दिंदै अगाडि बढ्न कृषकहरुलाई सुझाव दिइन् । व्यवसायिक रुपमा गर्न सके आम्दानीको स्रोत बढ्ने भएकोले यसलाई निरन्तरता दिई यहाँको उत्पादनलाई बाहिर बजार सम्म पु¥याउनुपर्ने कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले बताए । यो वडामा गरेको व्यवसाय उपलब्धीमुलक देखिएकोले गाउँपालिकाले पनि थप सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष चन्दले बताए । गाउँपालिकाको निर्णय अनुसार यो वर्ष चिङ्गाड –५ नम्वर वडामा विस्तार गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन