यस्तो रह्यो तिलोत्तमाको मध्यावधी समीक्षा :हामी शासक हैनौं सेवक हौं :

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बासुदेव घिमिरे/नगर प्रमुख -तिलोत्तमा नगरपालिका

०७४ असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित हामी जनप्रतिनिधिहरुले असार २१ गते पदबहाली गरेका थियौं । दुई दशकदेखि जनप्रतिनिधिविहीन स्थानीय तह, अलग–अलग पृष्ठभूमिका सात वटा गाविस मिलेर बनेको नयाँ नगरपालिका, मानवीय तथा भौतिक स्रोत–साधनको कमीलगायतका तमाम समस्या र चुनौतीबाट माथि उठेर हामीले यसबीचमा जति काम गर्न सक्यौंस ती कामले नगरबासीको परिवर्तनप्रतिको तीव्र चाहानालाई सम्बोधन गर्न सकेको छ भन्नेमा हामीहरु आशावादी छौं । “समृद्ध नगर : खुसी नगरबासी” को चाहानालाई पूरा गराउने क्रममा हामी जनप्रतिनिधि आइसकेपछि दुई आर्थिक वर्षको बजेट कार्यान्वयन भैसकेको छ भने चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको चरणमा छ । हामीले हिजो निर्वाचनमा नगरबासी सामु जे–जस्ता प्रतिबद्धता राखेका थियौं, ती प्रतिबद्धता पूरा गर्नेगरी कामहरु अघि बढेका छन् । यो मध्यावधि समीक्षा भैरहँदा चुनावमा जनाएका बाँकी प्रतिबद्धता अबको ३० महिनामा पूरा गराएरै छाड्ने दृढ संकल्प व्यक्त गर्दछु । नगरको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई आत्मसाथ गर्दै सन्तुलित र समन्यायिक विकासको बाटोमा अघि बढ्न नगर सरकार दृढ छ । हामीहरु योजनाबद्ध र प्राथमिकताका आधारमा विकास निर्माणका काम हुनुपर्छ भन्नेमा प्रतिबद्ध छौं । ‘मालिक होइन, सेवक हौ’ भन्ने मान्यतामा आधारित जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रबाट नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने मान्यतालाई हामीले आफ्नो मार्गदर्शनका रुपमा ग्रहण गरेका छौं ।

स्थानीय कानुन निर्माण :तिलोत्तमा नगरपालिका स्थानीय कानुन निर्माण गर्ने नेपालको पहिलो स्थानीय तह हो । नगरबाट सम्पादन हुने कामलाई व्यवस्थित, पारदर्शी ढंगबाट सञ्चालन गर्ने क्रममा हालसम्म नगरपालिकाले विभिन्न प्रकारका ५० वटा भन्दा बढी नीति, ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड जारी गरेको छ ।

एकीकृत नगर विकास योजना निर्माण:‘समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहरस सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ भन्ने दीर्घकालीन सोंचका साथ ५ वर्षको आवधिक योजना र १५ वर्षको रणनीतिक योजना निर्माण भएको छ ।

लगानी सम्मेलन :
काठमाडौं बाहिर पहिलो पटक तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरेको छ ।

शिक्षा : 
जनप्रतिनिधि आइसकेपछि तिलोत्तमा नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको क्षेत्र शिक्षा हो । नगरको शैक्षिक सुधारका लागि भएका प्रमुख कार्यहरु निम्न छन् ः
१। बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका २५६७ विद्यार्थीलाई हरेक दिन २५ रुपैंयाँ बराबरको दिवा खाजाको व्यवस्था ।
२। जंगफुडलाई निरुत्साहित गरी घरमैं बनेका स्वास्थ्यबर्दक खाजा प्रयोगलाई प्रोत्साहन गर्न कक्षा १ देखि ५ सम्मका सबै बालबालिकाहरुलाई टिफिनक्यारीको व्यवस्था ।
३। सबै सामुदायिक विद्यालयहरुमा एकै प्रकारको रंगरोगन ।
४। मावि तह सञ्चालन रहेका २० सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी जडान ।
५। दरबन्दी कम रहेका विद्यालयमा नगरपालिकाको शिक्षक अनुदान कोटामा १४ जना शिक्षक नियुक्त ।
६। बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई मासिक तीन हजार रुपैंयाँ प्रोत्साहन भत्ता थप ।
७। नगर प्रमुखको पारिश्रमिकबाट हरेक वर्ष सबै सामुदायिक विद्यालयका १÷१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण ।
८। सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था ।
९। यातायात सञ्चालनका लागि ११ विद्यालयहरुलाई अनुदान ।
१०। कम्तिमा ३२ ईञ्चको टिभीसहित सबै विद्यालयका बाल विकास कक्षा व्यवस्थापन ।
११। कक्षा ८ को परीक्षा पूर्णतः एसएसई मोडलमा सञ्चालन ।

स्वास्थ्य :
स्वास्थ्य क्षेत्रमा भएका प्रमुख कामहरु निम्नानुसार रहेका छन् ः
१। नगरमा स्थायी बसोबास भएका व्यक्तिहरुले रक्तसञ्चार केन्द्रबाट रगत सेवा लिएमा वार्षिक १५ पोका बराबरको शुल्क बिलअनुसार शोधभर्ना दिने व्यवस्था ।
२। नगरलाई शुन्य होम डेलिभरी बनाउन नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई प्रोत्साहन भत्ता । गर्भवती महिलालाई नगरपालिकाको स्रोतबाट निःशुल्क क्यालसियम चक्की दिने नीतिगत निर्णय कार्यान्वयको चरणमा ।
३। स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाईका लागि प्रति व्यक्ति रु ३० हजार आन्तरिक स्रोतबाट प्रदान ।
४। सेमराबजार स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरु हुने क्रममा रहेको ।

कृषि÷पशुपालन :
बिउबिजन÷कृषि औजारमा अनुदान ९क ‘एक घर  एक करेसाबारीस पकेट क्षेत्रमा व्यवसायिक तरकारी’ भन्ने नारका साथ वडा नं। १४ लाई तरकारी पकेट क्षेत्र घोषणा गरिएको छ ।
ख वडा नं। १२ लाई मकै र वडा नं। १७ लाई गहुँ पकेट क्षेत्र घोषणा गरी मकै र गहुँको बिउमा अनुदान दिइएको छ । गत आर्थिक वर्षमा ६५ मेट्रिक टन गहुँको बिउ ४० प्रतिशत अनुदानमा वितरण गरिएकोमा २० प्रतिशत उत्पादनमा वृद्धि भएको थियो । चालु आर्थिक वर्षमा पनि गहुँको बीउमा ४० प्रतिशत अनुदानलाई निरन्तरता दिइएकोमा १ हजार ३ सय ६५ क्विन्टल गहुँको बिऊ वितरण गरिएको छ । ग अनुदानलाई साना किसानको पहुँचमा पुर्याउन दुग्ध उत्पादक किसानलाई प्रति लिटर दुधमा रु १ रुपैंयाँ अनुदानको व्यवस्था गरिएकोमा गत आर्थिक वर्षमा ३९ लाख ६० हजार लिटर दुधमा अनुदान सहयोग गरिएको छ । घ पशुपालक किसानले व्यहोर्नुपर्ने बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिइएको छ । ञ २२ वटा भैलुभुज सिंचाई बोरिङको डिमाण्ड चार्ज भुक्तानी गरिएको छ ।

भौतिक पूर्वाधार  
हालसम्म भएका प्रमुख भौतिक पूर्वाधार विकासका कामहरु निम्नानुसार छन्
१। वडा नं। ६ को कुञ्जलापुरमा नगरको प्रमुख प्रशासनीय भवन, वडा नं। ९ को केवलानीमा सभाहल तथा अतिथि गृह निर्माण ।
२। हरेक वडा कार्यालय आफ्नै भवनमा सञ्चालन गर्ने लक्ष्यअनुसार हालसम्म आठ वटा कार्यालय आफ्नै भवनमा सञ्चालन, ३ वटा वडा कार्यालय भवनको निर्माणको सम्पन्न, ५ वटा निर्माणधीन छन् भने बाँकी वटा कार्यालय भवन अर्को आर्थिक वर्षसम्ममा सम्पन्न गरिनेछ ।
३। पर्यापर्यटनको प्रवद्र्धनसँगै नगरपालिकाको आन्तरिक आय बढाउन वनवाटिकामा बहुउद्देश्यीय भ्यूटावर निर्माणको अन्तिम चरणमा ।
४। वडा नं। ९ को मंगलापुरमा सुविधासम्पन्न जेष्ठ नागरिक मिलन केन्द्र निर्माणको क्रममा ।
५। गत दुई आर्थिक वर्षमा कुल ३६ दशमलव ८८ किलोमिटर सडक कालोपत्रे, १४६ किलोमिटर सडक ग्राबेल ।
६। मोटरेवल १ वटा पुल, २ किलोमिटर सडक ट्रयाक निर्माण, ६३ वटा कल्भर्ट, ९७५ वटा ह्युमपाइप व्यवस्थापन, २७ किलोमिटर सिंचाईकुलो, ढल तथा नाली, ७ किलोमिटर तटबन्धन निर्माण ।
७। नयाँ विद्युतीकरण तथा पुराना पोल विस्थापनका लागि १,२७० थान विद्युत् पोल तथा १८ वटा विद्युत् ट्रान्समिटर जडान ।

सामाजिक विकास :
सामाजिक सचेतना अभिवृद्धि र समुन्नत नगर निर्माणका लागि सीपयुक्त जनशक्ति निर्माण गर्न सामाजिक विकास अन्तर्गत् सञ्चालित विभिन्न किसिमका तालीमबाट अढाइ वर्षमा कुल २,३५० जना नगरबासी लाभान्वित हुनुभएको छ ।टोल विकास संस्था गठन :सामाजिक परिचालनको माध्यमबाट नगरको सर्वाङ्गीर्ण विकासमा टेवा पुर्याउन र नगरका आधारस्तम्भका रुपमा रहेका वडाहरुमा टोल बस्ती स्तरदेखि नै सबल बनाउन सबै वडाहरुमा गरी कुल १८९ वटा टोल विकास संस्था गठन गरिएको छ । टोल विकास संस्थामार्फत् विकास निर्माण, जनसहभागिता, सरसफाई, हरियाली प्रवद्र्धनलगायत नगरका हरेक अभियानहरुमा नगरबासी परिचालन हुनेगरी संयन्त्र निर्माण गरिएको छ ।

वातावरण :
“ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा” नाराका साथ यस नगरपालिकाले वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनका विभिन्न प्रवद्र्धनात्मक काम तथा अभियान सञ्चालन गरेको छ । ती मध्ये प्रमुख काम निम्नानुसार छन् :
१। हरेक महिनाको १ र १५ गते नगरस्तरीय नियमित सरसफाई अभियान, टोल विकास संस्थामार्फत् समुदायमा आधारित नियमित सरसफाई गरिएको छ ।
२। २०७६ साउन १ गतेबाट प्लाष्टिक झोला, गिलास र प्लेटको आयात–निर्यात, किनबेच, प्रयोगमा रोक लगाइएको छ ।
३। योगिकुटी–कोटिहवा सिक्सलेन सडक र बुद्ध सर्किटमा समुदायसँग मिलेर हरियाली प्रवद्र्धन गरिएको छ ।
४। बेगनबेलीलाई सिटी फूल निर्धारण गरी त्यसको रोपणलाई प्रोत्साहन गरिएको छ ।
५। बढी शहरीकरण भएका वडा नं। १ देखि १५ सम्म फोहोरमैला व्यवस्थापन, वडा नं। ८ को सुखौरा खोलाको उकास क्षेत्रमा अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माणको थालनी गरिएको छ ।
६। सिम नेपालसँगको साझेदारीमा शुन्य खुला पोलोथिन नगर घोषणा गर्न तीव्र रुपमा अभियान सुरु गरिएको छ ।

उद्यमशीलताको विकास : 
नगरमा उद्यमशीलताको विकासका लागि विभिन्न किसिमका सीपमुलक तालीम सञ्चालन गरिएको छ । युवाहरुमा स्वरोजगारीको सिर्जना गर्न नेपाल बैंक लिमिटेडसँग सम्झौता गरी लघु कर्जा प्रवाह भएको छ । साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्न वडा नं। १० मा तिलोत्तमा औद्योगिक ग्राम निर्माण गर्न डिपिआर निर्माण अघि बढेको छ ।
पर्यटन :
तिलोत्तमामा पर्यटन प्रवद्र्धनका लागि पर्यकीय क्षेत्रमा पूर्वाधार निर्माणका कामहरु भैरहेका छन् । हरेक वडामा एउटा पार्क बनाउने गरी काम भैरहेको छ । धेरैजसो वडामा पार्कहरु निर्माण भैसकेका छन् भने वनवाटिका र बाउन्नकोटीमा पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणका धेरै काम भएका छन् । समग्रमा पर्यटन प्रवद्र्धनका लागि गरिएका कामहरु निम्नानुसार छन् ः
१। सिक्सलेन सडकमा बुद्धमुर्ति स्थापना गरिएको छ ।
२। हरेक वडामा कम्तिमा एउटा पार्कको अवधारणा, वनवाटिका, बाउन्नकोटी, कुञ्जपार्क, सम्झना पार्क लगायतका पार्कहरुको स्तरोन्नती, पार्क निर्माणका लागि सामुदायिक वन तथा विभिन्न संघ–संस्थासँग सहकार्य गरिएको छ ।
३। सेमरीमा होमस्टे सञ्चालन भएको छ ।
४। भौतिक संरचनाका लागि कलर कोड निर्धारण गरिएको छ ।

न्यायिक समितिबाट विवाद समाधान :
स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले विभिन्न प्रकृतिका विवादको निरुपण गरेको छ । न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुको दक्षता अभिवृद्धिका लागि अभिमुखीकरण तथा तालिम प्रदान गरिएको छ । यस अवधिमा न्यायिक समितिमा आएका कुल वटा उजुरीमा मेलमिलापमार्फत् वटा विवादको निरुपण भएको छ । यस्तै एउटा मुद्दामा न्यायिक समितिले निर्णय गरेको छ भने अदालत पठाइएका , सहमति हुन नसकेर अन्य निकायमा पठाइएका मुद्दाहरु वटा, कार्यालयमा छलफल गराएर माथिल्लो निकायमा पठाइएका मुद्दाहरु वटा, कार्यालयमा छलफल गराएर सहमतिको लागि वडा कार्यालयमा पठाइएका मुद्दाहरु वटा र छलफलको क्रममा रहेका मुद्दाहरु वटा रहेका छन् ।

प्रवद्र्धनात्मक अभियान तथा कार्यक्रमहरु 
१। जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई गरिएको आह्वानले हरियाली प्रवद्र्धनमा टेवा पुगेको छ ।
२। सार्वजनिक महत्वका कार्यक्रममा विदेशी फूल तथा खादा–ब्याज निषेध गरिएसँगै नगरमा पुष्पखेती फष्टाउँदै गएको छ ।
३। सार्वजनिक महत्वका कार्यक्रमहरु तोकिएकैं समयमा सुरु गर्नुपर्ने निर्देशिकाले नगरबासीमा समयको महत्वलाई बुझाएको छ ।
४। नगरका मुख्य सडकहरुको राइट अफ वे निर्धारण गरिएको छ ।
५। नगर प्रहरी परिचालन गरिएको छ ।
६। नगरको बस्तुगत विवरण संकलन, सार्वजनिक जग्गाको पहिचानको काम भएको छ ।
५। नगरको स्वीकृतिविना जग्गा प्लटिङमा रोक, ल्याण्ड पुलिङको अवधारणा ल्याइएको छ ।
६। उपभोक्ता अधिकार सुनिश्चितताको लागि निरन्तर बजार अनुगमन गरिएको छ ।
७। नदीजन्य पैदावारको अवैध उत्खननमा रोक्न नियमित अनुगमन गरिँदा यसबाट आन्तरिक आयमा उल्लेख्य वृद्धि भएको छ ।
८। प्रमुख प्रशासनिक कार्यालय परिसरमैं बैंकको काउन्टर स्थापना गरी नगरपालिका कार्यालयलाई क्यासलेस बनाइएको छ ।
९। ठूला विकासे योजनाका लागि प्रदेश सरकार, संघीय सरकार, अन्तर्राष्ट्रिय विकास साझेदारसँग सहयोग माग गरिएको छ ।
१०। नगरको आफ्नै नगर गीत र लोगो निर्माण गरिएको छ ।
११। छाडा चौपाया छाड्नेलाई जरिवानाको कानुनी व्यवस्था गरिएको छ ।

रुपन्देहीकैं मध्यभागमा अवस्थित यस तिलोत्तमा नगरपालिकालाई समृद्ध र मुलुकमैं नमूना बनाउन हामीहरु दत्तचित्त भएर लागेका छौं । हामीले अघि सारेको नीति तथा कार्यक्रम, योजना, भए÷गरिएका निर्णयको प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण राजनीतिक दल, टोल विकास संस्था, संघ–संस्था, निजी तथा सहकारी क्षेत्र, क्लव, विद्यालय, आमा समूह, सञ्चारकर्मीलगायत सबै नगरबासीको सद्भाव, सहभागिता र सहयोग रहँदै आएको छ । आगामी दिनमा पनि यसप्रकारको सद्भाव, सहभागिता र सहयोग अझैं बढ्ने विश्वास व्यक्त गर्दछु ।

समृद्ध नगर :खुशी नगरबासी” को महाअभियानलाई सफल बनाउन सम्पूर्ण नगरबासीको आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । जनप्रतिनिधिको एक्लो प्रयास नै सबथोक होइन भन्नेमा हामीहरु स्पष्ट छौं । हामीले लिएको नीति तथा कार्यक्रम, गरिएका निर्णयहरुस सरकारी, गैरसरकारी, निजी, सहकारीलगायत विकासका सबै साझेदार वा पक्षधरको मार्ग चित्र पनि हो । नगरको विकास हामी सबैको समुच्च साझा विकास हो । यसैले विकास–निर्माण र समुन्नत नगर निर्माणको महाअभियानमा आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन र रचनात्मक सुझाव, सल्लाह दिन हामी सम्पूर्ण नगरबासीलाई हार्दिक आग्रह गर्दछौं । हामी शासक होइनौं, जनताका सेवक हौं भन्ने कुरालाई हामीले सुरुदेखि नै शिरोधार्य गरी नगरबासीबाट प्राप्त रचनात्मक सुझाव, सल्लाहलाई सधैं आत्मसाथ गर्दै आएका छौं । समृद्ध नगर निर्माणका लागि विकास–निर्माणदेखि सामाजिक सशक्तिकरणका सबै काममा हामीहरु सबैको एउटै दृष्टिकोण हुनुपर्छ भन्नेमा हामीहरु दृढ छौं । अन्तमा, हाम्रो निमन्त्रणालाई स्वीकार गरी यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार ज्यूहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बिदा चाहान्छु । नमस्कार

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया