आँखो फुट्ने गरी शिक्षकले विद्यार्थीलाई कुटेपछी ‘

प्रकाशित मिति:

सबलपोष्ट । रुपन्देहीको सम्मरीमाई गाउंपालीका ६ स्थित ज्ञानदीप बोर्डिङ स्कुलमा एक विद्यार्थी कुटीएका छन् । कम्प्युटर विषयको गृहकार्य नगरेपछि उनलाई विषयगत शिक्षक शैलेन्द्र बरईले गम्भिर घाइते हुनेगरी कुटेका थिए । कुटाईपश्चात बालकलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका लागि लगिएको थियो । राती अबेरसम्म बालक घर नआएपछि छिमेकीका बालबालीकाले चोट लागेर अस्पताल लगेको जानकारी परिवारलाई दिए । परिवारले प्रधानाध्यापक सुरेन्द्र बर्रीलाई फोन गरेर बालकको बारेमा सोधे । सुरेन्द्रले हल्का चोट लागेकाले उपचार गरी घर ल्याउंदै गरेको जानकारी दिए । कक्षा ५ मा अध्ययनरत मोहम्मद तफीक देवानले गृहकार्य नगरेको भन्दै कुटाई खाएपछि अस्पतालमा उपचार गर्नुपरेको हो । घरमा आएपछि देवानले शिक्षकले बांया खुट्टा , आंखा र हातमा नराम्ररी कुटेको बताए । उनको आंखा फुल्लींदै गएपछि गम्भिर तरिकाले कुटेको थाहा भयो । बुधवार भएको यो घटना अभिभावक र विद्यालयले मिलान गर्न खोजेको थियो । तर इलाका प्रहरी कार्यालय मर्चवारको फलोअपपछि परिवारले उजुरी दिन गएको र फरार भनिएका शिक्षकलाई आइतवार पक्राउ गरिएको प्रहरी निरिक्षक पोषणराज ढकालले बताए । बलक देवान र उनका अभिभावकले मुद्धा दर्ता गराएका छन् । बालक देवान डराएको र उनलाई सामाजिक मनोविमर्शको आवश्यकता पर्ने मानवअधिकारकर्मी रिमा बिसीले बताइन् । उनले आफु बालकसंग भेटेको र उसको चोट गम्भिर रहेकाले बालक डराएको अवस्थामा देखिएको जनाइन् । यसरी बालबालीकामाथि कसुर गर्नेलाई कानुनसंवत कडा कारवाही हुनुपर्ने उनले बताइन् । बालक देवानका हजुरबुवा मोहम्मद हुसेन देवानले प्रहरीमा मुद्धा दर्ता गराएको र शिक्षकलाई कारवाही र बच्चाको क्षतीपुर्तीको माग गरिएको बताए ।फोटो साभार ईन्सेक