आस्थममा विद्यार्थीलाई स्वागत र विदाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल/एशियन स्कुल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलमा नयां विद्यार्थीलाई स्वागत र एड्भान्स डिप्लोमा इन होटेल म्यानेजमेन्टको पढाई पूरा गरेका चौथो ब्याचका विद्यार्थीलाई विदाई गरिएको छ । स्कूलले एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्टको पढाई पूरा गरेका चौथो ब्याचका ४७ जना विद्यार्थीलाई विदाई र आठौं ब्याचमा अध्ययन गर्न भर्ना भएका ३ज्ञ जना विद्यार्थीलाई स्वागत गरेको हो । कार्यक्रममा बोल्दै होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका महासचिव माधवकुमार खनालले रुपन्देहीसहित देशभर स्तरिय होटलहरु खुल्ने क्रमसंगै होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई रोजगारीको राम्रो अवसर भएको बताए ।

सीपमूलक र ब्यवहारिक पढाई भएकाले पढाई नसक्दै रोजगारीका अवसर प्रशस्त मात्रामा भएकाले होटेल म्यानेजमेन्ट पढ्ने कोही पनि विद्यार्थी बेरोजगार बस्नु नपर्ने खनालले बताए । कार्यक्रममा बोल्दै आस्थमका प्रवन्ध निर्देशक जीएस गुरुङले बुटवलकै पुरानो र पहिलो होटल मयानेजमेन्टको कक्षा सञ्चालन गर्दै आएकोे आस्थमले हालसम्म ८ हजार प्रशिक्षार्थीलाई प्रशिक्षण दिएको ९० प्रतिशत बढीले रोजगारी पाएका र १० प्रतिशत आफै व्यवसायी बनेका बताए । संस्थाले ४५ सय विद्यार्थीलाई विभिन्न संस्थाको सहयोगमा निःशुल्क पढाएको बताए । स्वागत कार्यक्रम कार्यक्रममा मिस्टर एण्ड मिस फ्रेसर प्रतियोगिता समेत भएको थियो । छैठौं ब्याचका विद्यार्थीले आयोजना गरेको स्वागत कार्यक्रम आंचल गुरुङको अध्यक्षता तथा किरण गौतम तथा अर्जुन सिंजालीको सञ्चालनमा भएको थियो । आठौं ब्याचले आयोजना गरेको विदाई कार्यक्रम प्रशान्त गुरुङको अध्यक्षता,अभिषेक रानाको स्वागत तथा डेबिड बुढाथोकी र नान्सी थापाको सञ्चालनमा भएको थियो । कार्यक्रममा अम्रपाली कटेजका अपरेसनल म्यानेजर विनोद भुसालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । २०६० साल देखि व्यवसायीक प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)बाट सम्बन्धन प्राप्त गरी छोटो तथा लामो अवधिको होटल म्यानेजमेन्ट अन्तर्गत ब्यवहारिक कक्षा र तालिम सञ्चालन गर्दैै आएको आस्थमले सीटीईभीटी अन्तर्गत होटल म्यानेजमेन्टमा २४ महिने टीएसएलसी र एसक्यूए यूके अन्तर्गत एड्भान्स डिप्लोमा इन होटेल म्यानेजमेन्ट र डिप्लोमा इन होटेल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।