इरानद्वारा परमाणु सम्झौता नमान्ने घोषणा

प्रकाशित मिति:

एजेन्सी/ अमेरिकासँग तनाव बढेसँगै इरानले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट आफू पूर्ण रुपमा बाहिरिएको घोषणा गरेको छ ।एक वयानमा भनिएको छ अब परमाणु क्षमता, परमाणु क्षमताको तह र परमाणु सामग्रीको भण्डारणसहित परमाणुसँग सम्बन्धी अनुसन्धान तथा विकासमा कुनै पनि सीमा इरानले मान्ने छैन ।राजधानी तेहरानमा बसेको मन्त्रिपरिषद बैठकपछि इरानले यस्तो घोषणा गरेको हो । अमेरिकी हवाई आक्रमणमा परि आफ्ना जनर कासिम सुलेमानीको मृत्यु भएपछि इरानको तफर्पबाट आएको यो अहिलेसम्मको सबैभन्दा ठूलो प्रतिक्रिया आएको हो ।

२०१५ को सम्झौता अनुसार, इरान आफ्नो संवेदनशील परमाणु कार्यक्रमलाई सिमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षकलाई आउन अनुमति दिएको थियो । यसको बदलामा इरानमाथि लागेको आर्थिक प्रतिबन्ध हटेको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मे मा अमेरिकाले सन् २०१५ मा भएको सम्झौता नमान्ने घोषणा गरेका थिए ।आइतवार इराकको संसदले बगदादमा सुसलेमानी मारिएको विरोधमा इराकबाट विदेशी सुरक्षाबललाई निकाल्ने एक गैर बाध्यकारी प्रस्ताव पास गरेका थिए ।