किन लगाउँछन् भगवान शिवले बाघको छाला

२१ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


गवान शिव भन्ने बित्तिकै तपाईंलाई एउटा स्वरुपको याद हुन्छ । हातमा त्रिशुल लिएका, बाघको छाला बेरेका, शिरमा चन्द्रमा र गंगासहित नागको माला लगाएका ।धर्मग्रन्थहरूमा भगवान शिवको जुन स्वरुपको वर्णन गरिएको छ त्यो निकै आश्चर्यजनक छ ।के तपाईंले कहिल्यै सोच्नु भएको छ  शिवजीले बाघको छाला किन लगाए रु जति पनि तपाईंले तस्वीर देख्नु भएको छ त्यसमा शिवजी कि त बाघको छाला लगाएको अवस्थामा वा बाघको छालामाथि बसेको अवस्थामा देख्नु भएको छ ।आखिर शिवजीले किन बाघको छाला लगाए  यो प्रश्नको जवाफ शिव पुराणमा पाउन सकिन्छ । जसमा भगवान शिव र बाघसँग सम्बन्धित प्रसंग रहेको छ ।पौराणिक कथाअनुसार भगवान शिव एक पटक ब्रह्माण्डको भ्रमणका क्रममा एक जंगलमा पुगे । जहाँ ऋषि मुनिको बासस्थान थियो, ऋषिमुनि परिवारसँग बस्थे ।यो जंगलमा भगवान शिव निर्वस्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् ।

भगवान शिवको आकर्षक शरीर देखेर ऋषिमुनिका पत्नीहरू भगवान शिवप्रति आकर्षित भए ।सबै काम छोडेर ऋषि पत्नीहरू शिवजीको पछि लाग्न थालेपछि ऋषिहरू तनावमा परे र उनीहरू शिवसँग क्रोधित भए । तर उनीहरूले निवस्त्र हिँड्ने भगवान शिव हुन् भन्ने चिनेनन् ।त्यसपछि ऋषिहरूले निर्वस्त्र व्यक्तिलाई सजाय दिने उपाय रचे ।ऋषिहरूले वनमा एउटा ठूलो खाल्डो खनेर शिवजीका लागि पासो थापे । उक्त पासोमा शिवजी परे ।त्यो गहिरो खाल्डोमा ऋषिहरुले एउटा बाघ पनि हालिदिए ताकि त्यसले ति निर्वस्त्र व्यक्ति शिवजीलाई खाओस् ।तर त्यस्तो भएन । खाल्टोबाट ति निर्वस्त्र व्यक्ति बाघको छाला बेरेर निस्किए । बाघलाई मारेर शिवजीले छाला धारण गरे । त्यसपछि मात्र ऋषिहरूले ति समान्य व्यक्ति नभएको थाहा पाए ।त्यसदिनदेखि भगवान शिवजीले बाघको छाला लगाउने वा त्यसमाथि बस्ने गरेको शिव पुराणमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन