२३ सय कामदार जापानले लैजाने, नर्सिङ केयरको भाषा परीक्षा जनवरी र मार्चमा

२१ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलक जापानले सन् २०२० का लागि कुल २ हजार ३ सय जना नर्सिङ केयर गिभर कामदार मागेको छ । जापानमा नर्सिङ केयर गिभरका रूपमा काम गर्न जानेहरूका लागि यही जनवरी र मार्चमा जापानी भाषा परीक्षा हुने भएको हो ।परीक्षा आगामी ७ देखि २९ जनवरीसम्म पटकपटक गरेर १० दिनसम्म सञ्चालन हुनेछ । यसैगरी, मार्चमा पनि ३ तारिकदेखि पटकपटक गरेर १२ दिनसम्म सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले जारी गरेको सूचनाअनुसार अहिले कुल २ हजार ३ सय कामदारको माग भएको छ । यस भाषा परीक्षाबाट १ हजार कामदार छनोट गरिनेछ । यसैगरी, जापानले आगामी मार्चको परीक्षामा नर्सिङ केयरका लागि कोटा पनि बढाएको छ । भाषा तथा सीप परीक्षामा उत्तीर्ण १ हजार ३ सय कामदार जापानले लैजान लागेको हो । जापान फाउन्डेसनले काठमाडौंको युनिर्भसल ल्याङग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा केन्द्र तोकेको छ । परीक्षा कम्प्युटरमा आधारित हुनेछ । भाषा परीक्षा उत्तीर्ण भएपछि सीप परीक्षण हुनेछ ।अहिले यस परीक्षा शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ । नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र परीक्षामा सहभागी हुने सहभागी परिक्षार्थीलाई आवश्यक पर्नेछ । भाषा परीक्षाका लागि न्यूनतम योग्यता जापानी भाषामा कमन युरोपियन फेमवर्क अफ रिफ्रेन्स फर ल्याङग्वज एटु लेभल –सीइएफआर आवश्क पर्छ ।

वैदेशिक रोजगार विभागले गत शुक्रबार सूचना सार्वजानिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो । यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली उत्तीर्ण भएका थिए ।नेपाल र जापान सरकारबीच केही महिनाअघि भएको श्रम सहयोग समझदारीबमोजिम नेपालबाट नर्सिङ केयर गिभरका लागि पुनः परीक्षा गर्न लागिएको हो । नेपाल र जापान सरकारबीच दक्ष कामदार लैजाने सर्तअन्तर्गत नेपाली श्रमिक पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । सोही सर्तबमोजिम चरणबद्ध रूपमा नेपाली श्रमिक लैजाने योजनाअनुसार अहिले यस परीक्षा हुन लागेको हो । यो परीक्षा जापान फाउन्डेसनले गर्न लागेको हो । परीक्षा युनिभर्सल ल्यांग्वेज एन्ड कम्प्युटर इन्टिच्युट काठमाडांैमा हुनेछ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले जापानले नेपालबाट केयर गिभरका लागि श्रमिक लैजान पुनः परीक्षा गर्न लागेको बताए । विभागका अनुसार यो परीक्षा कम्प्युटर बेस –सीबीटी०का आधारमा हुनेछ । परीक्षाको मूल्यांकन मार्क टाइप, लेख्ने, सीपमूलक कम्प्युटर टेस्टका आधारमा हुनेछ । यो परीक्षाका लागि ए २ लेभलको सीईएफआरस्तरको हुनुपर्नेछ । अबको परीक्षा दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्न, बोल्न र लेख्न सक्ने हुनुपर्ने बताइएको छ । यसअघि भएको जापानी भाषा परीक्षामा नेपालको नतिजा ५ राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको थियो ।यस परीक्षा कम्प्युटरमा आधारित हुनेछ । भाषा परीक्षा उत्तीर्ण भएपछि सीप परीक्षण हुनेछ । अहिले भाषा परीक्षा शुल्क २५ सय रुपैयँ“ तोकिएको छगत कात्तिकमा लिइएको आधारभूत

जापानी भाषा परीक्षामा एकै समूहमा भाषा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्स पछि सबैभन्दा कमजोर नतिजा नेपालको देखिएको थियो । जापानले नेपाललगायत नौ राष्ट्रबाट विभिन्न १४ क्षेत्रमा विदेशी कामदार हुने भन्दैै नेपालबाट पहिलो चरणमा केयरगिभर क्षेत्रमा १ हजारभन्दा बढी युवा लैजाने बताएको थियो । जापानले ९ राष्ट्रलाई फरकफरक क्षेत्रमा कोटा निर्धारण गरेअनुसार नेपालले केयरगिभरेको माग पाएको हो ।सरकारले केयरगिभर बाहेक अन्य क्षेत्रमा समेत नेपाली कामदारलाई रोजगारी दिन छलफल गरिहेको छ । नेपाल सरकारले केयरगिभर जस्तै अन्य क्षेत्रका लागि पनि छिटो परीक्षा गर्नेबारे जापानी पक्षसँग छलफल गरेको छ । जापानले नौ राष्ट्रबाट क्रमशः नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने बताउँदै आएको छ । जापानमा वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका कारण अहिले विदेशबाट केयरगिभर र नर्सको माग क्रमशः उच्च हुने सरकारी अनुमान छ । जापानले ५ वर्षमा करिब ४ लाख विदेशी कामदार लिने नीति लिए पनि नेपाली युवाको दक्षता र सीपमा नै माग गर्ने संख्या निर्धारण हुनेछ ।सरकारले बढीभन्दा बढी नेपाली युवाका लागि जापानमा रोजगारी बढाउन उच्च स्तरको सीप तालिम कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको छ । कामदार छनोट तथा भर्ना प्रक्रियाका लागि जापान फाउन्डेसनअन्तर्गतको प्रोम्याट्रिक कम्पनीेलाई जिम्मा दिइएको छ । नेपाली माग बढ्दै गएपछि अहिले सरकारले वैदेशिक रोजगार विभागअन्तर्गत जापान युनिट स्थापना गरेको छ । अब विभागको जापान युनिटले नै यस भाषा परीक्षाको नतिजा सार्वजनिक गर्ने छ । जापानले चरणबद्ध रूपमा छनोटमा परेका नौ देशलाई कृषि, उद्योग, पर्यटन, होटल, रेस्टुरेन्ट, सेवा, मत्स्यपालनलगायतका १४ क्षेत्रमा विदेशी कामदार लिने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु