अझै केही महिनासम्म ‘ताण्डव’ मच्चाउने चेतावनी:अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसन

२१ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले डढेलोले अझै केही महिनासम्म ‘ताण्डव’ मच्चाउने चेतावनी दिएका छन् ।सेप्टेम्बरदेखि सुरु भएको उक्त डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस हप्ता क्यानबेराको हावाको गुणस्तर संसारकै सबैभन्दा दुषितको सूचीमा राखिएको छ ।मोरिसनले डढेलोका कारण घरबार गुमाउनेहरुको सहयोगार्थ ‘रिकभरी एजेन्सी’ निर्माण गरेको घोषणा गरेका छन् ।

यस्तो भयानक अवस्थामा पनि निकै सुस्त रुपमा प्रतिक्रिया दिएको भन्दै मोरिसनको व्यापक आलोचना भएको छ ।यस हप्ता स्थिती थप तनावग्रस्त रह्यो । एक हप्ताभित्रै थप सय बढी भवन र संरचना ध्वस्त भए । विभिन्न शहरका आकाश राता भए, खरानीको वर्षा भयो र धुँवामिश्रित हावाका कारण मानिसहरु निस्सासिए ।आइतबार भिक्टोरिया र न्यू साउथ वेल्समा हल्का वर्षा भएसँगै स्थिती केही सहज रह्यो । तर अधिकारीले डढेलोले थप उग्र रुप लिने चेतावनी पनि दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया