चौलागाईलाई एनआरएनएले बनायो नेपाल भ्रमण बर्षको मध्यपूर्व विजिनेश संयोजक

२१ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईलाई गैरआवासीय नेपाली संघ एनआरएनएले नेपाल भ्रमण बर्ष २०२० विशेष समितिको मध्यपूर्व विजिनेश संयोजक नियुक्त गरेको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा बनेको विशेष समितिमा चौलागाईं मध्यपूर्व विजिनेश संयोजक बनेका हुन् । मध्यपूर्वबाट नेपाल भ्रमण बर्ष सफल बनाउनका लागि चौलागाईले संयोजक भट्टसँगको सहकार्यमा काम गर्ने छन् । नेपाल भ्रमण बर्ष विशेष टाक्सफोर्सका ग्लोवल संयोजक भवन भट्टले चौलागाईलाई मध्यपूर्व विजिनेशन संयोजक नियुक्त गर्दै छिट्टै आफ्ना योजना र कार्यक्रमसहित अगाडि बढ्न अनुरोध गरेका छन् ।

चौलागाईले नेपाल भ्रमण बर्ष सफल बनाउनका लागि भरपुर सहयोग गर्ने बताएका छन् ।यता कतारबाट नै एनआरएनएका आइसीसी सदस्य रमेश भट्ट नेपाल भ्रमण वर्ष २०२० को मध्यपुर्ब क्षेत्रको क्षेत्रीय संयोेजक चयन भइसकेका छन् । चौलागाईले केही दिन अगाडि मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई भेटेर पर्यटन बर्ष सफल पार्नका लागि मध्यपूर्वका धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउने जानकारी दिएका थिए । उनले मध्यपूर्वका पर्यटकहरुलाई सुरक्षा र विशेष सुविधा आवश्यक भएको मन्त्रीलाई सुझाएको बताए । उनले भने–‘मध्यपूर्वबाट धेरै पर्यटक नेपाल आउँछन् तर सुरक्षित महशुस गराउन हामीले सक्नुपर्छ । चौलागाई भर्खरैमात्र नेपाल चेम्बर अफ कमर्शको कतार प्रतिनिधिमा नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले उनलाई अनररी ट्रेड रिप्रिजेन्टिभ सर्टिफिकेट हस्तान्तरण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…
  • प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ
  • ८ वर्षदेखि सिंगो गाउँ नै पहिरोको जोखिममा, भुजुंगेका ८ घरपरिवार…
  • अब तेजाब छ्यापे २० वर्षसम्म कैद, अरू सजाय के-के ?
  • १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या