बिकिनी अवतारमा सारा अली खानको समुद्रमा इन्जोय

प्रकाशित मिति:

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खान आजभोलि माल्दिभ्समा छिन् । उनले त्यहाँ आफ्नो फुर्सदको समय बिताइरहेकी छिन् । साराले सामाजिक सञ्जालमा माल्दिभ्समा विदा मनाएका तस्वीरहरु अपलोड गरेकी छिन् । उनी समुद्री किनारमा रमाइलो गरेको तस्वीरमार्फत शेयर गरेकी छिन् ।उनले तस्वीर शेयर गर्दै लेखेकी छिन् – हेलो विकेन्ड । सारा आफ्नो परिवारसँग माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्सको ‘सी–बिच’मा भाइ इब्राहिमसँग पुगेकी हुन् ।सारा बलिउडमा इन्ट्री गरेकी नयाँ अभिनेत्रीमध्ये एक हुन् । उनको पछिल्लो समय लोकप्रियता बढ्दो छ ।