अव गाडी चलाउँदा जुत्ता अनिवार्य

२१ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – अब सवारी चालकले जुत्ता लगाएर मात्र गाडी चलाउने भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबहाक बसका चालकसँग गरेको छलफलमा जुत्ता लगाएर मात्र गाडी चलाउने प्रतिवद्धता व्यक्त गरिएको हो । जुत्ता नलगाइ सवारी चलाउनु पनि दुर्घटनाको एउटा कारण भएको भन्दै ट्राफिक प्रहरीले अनिवार्य रुपमा जुत्ता लगाउन आग्रह गरेको थियो । योसहित १९ बुँदे प्रतिबद्धता व्यक्त भएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाल बताउँछन् ।

ढकाल भन्छन्, ‘पैतालामा पसिना आउने हुँदा ब्रेक लगाउने वेला चप्पल चिप्लिन्छ । अलिकति चिप्लिने वित्तिकै मनस्थितिले काम गर्दैन । त्यही भएर यो प्रतिबद्धता गराइएको हो ।’

उनका अनुसार प्रतिबद्धता पालना भए/नभएको विषयमा अनुगमनका लागि प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारको नेतृत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनी/प्रा.लि.का प्रतिनिधिसहित ८ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ । ढकालले १७ पुसमा भाडाका सार्वजनिक सवारीसाधानको अनुगमन गरेपछि व्यवसायीसँग यो प्रतिवद्धता गराइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु