अष्ट्रेलियामा वर्षा हुँदा केही राहत

२१ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
111 Shares


एजेन्सी –   महिना दिनको डढेलोको प्रकोपपछि अष्ट्रेलियामा आइतबार रातिदेखि वर्ष सुरु भएको छ। पूर्वी तट, सिड्नीदेखि मेलबर्नसम्म र न्यु साउथ वेल्सको केही भेगमा पानी परेको छ । अष्ट्रेलियाको शहरी आगजनि सेवाका कमीश्नर शेन फिट्जमोन्सका अनुसार पानी परेपछि प्रकोप न्यून तहमा पुगेको छ । तर भिक्टोरिया आकस्मिक व्यवस्थापनका कमिश्नर एन्ड्रय क्रिस्पले भने डढेलो फेरी बढ्ने बताउनुभएको छ । सोमबार बिहान भिक्टोरियाको कोर्योङ र न्युसाउथ वेल्सस्थित कोस्क्युज्को राष्ट्रिय निकुञ्ज गरी करीब दश किलोमिटर क्षेत्रफलमा मात्रै आगोको मुश्लो देखिएको छ ।

तर बिहीबारबाट फेरी डढेलोको प्रकोप भयावह रुपले देखा पर्ने र तापक्रम बढ्ने अष्ट्रेलियाका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । डढेलोको प्रकोपले अष्ट्रेलियामा हालसम्म करीब दुई दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । लाखौं जनावरको मृत्यु भएको अनुमान गरिएको छ भने करोडौंको सम्पत्ति नष्ट भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि