ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ: डा. संग्रौला

प्रकाशित मिति:

विराटनगर – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा उद्धत रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा राष्ट्रिय सभाका उमेदवारसंग राखेको अन्तरसंवाद तथा पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले भन्नुभयो,‘‘सामाजिक संजालदेखि जनताले गरेको कुराकानी समेत ट्यापिङ गर्ने कानुन निर्माणमा सरकार सक्रिय छ । कांग्रेसले गरेको विरोधका बाजदुत यो क्रम रोकिएको छैन् ।’’ संग्रौलाले राष्ट्रिय सभा नैतिकवान, जिम्मेवार र विद्वत वर्ग पुग्ने ठाउँ भएकोले योग्य उमेदवारलाई जिताउन आह्वान गर्नुभयो ।

संग्रौलाले केपी ओलीले चुनावअघि राष्ट्रवादको रट लगाएको तर कालापानी र लिपियाधुराको विवाद उठ्दा भारतले कुटनीतिक रुपमा फुटनोट जारी गर्ने र ओली सरकारले पनि त्यही गरेको आरोप लगाउनुभयो ।उहाँले भन्नुभयो,‘‘केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ ।’’ संग्रौलाले सरकार जनतामाझ अलोकप्रिय बन्दै गएको र उसले प्रतिबद्धता जनाएअनुसार काम गर्नै नसकेको स्पष्ट गर्नुभयो ।

कांग्रेसले प्रदेश १ मा राजेन्द्र घिमिरे, मिना पुलामी मगर र निरबहादुर विश्वकर्मालाई उमेदवार बनाएको छ । पत्रकार सम्मेलनमा उमेदवार घिमिरेले आफ्नो उमेदवारी व्यवसायिक क्षेत्रको विकासका लागि पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘व्यवसायिक क्षेत्रको प्रवद्र्धन अब जरुरी भइसकेको छ ।’’