रुपन्देही उद्योग संघमा कृषि तथा पशुजन्य र गार्मेन्ट तथा हस्तकला वस्तुगत समिति गठन

प्रकाशित मिति:

बुटवल – रुपन्देही उद्योग संघमा कृषि तथा पशुजन्य र गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको उद्योगीहरुको छुट्टाछुट्टै भेलाले सोमबार कृषि तथा पशुजन्य र गार्मेन्ट तथा हस्तकला वस्तुगत समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलाले गुप्ता नर्सरी उद्योगका शम्भु कुमार गुप्ताको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा लोकपृय कृषि नर्सरी उद्योगका अनिल खरेल, सचिवमा ए.जी. प्रोडक्सन ग्रुपका सुनिल अर्याल र सदस्यहरुमा आर.सि.एस. कृषि फर्मका रमेशचन्द्र मुराउ र देउराली पोल्टीफर्म एण्ड हेचरी प्रा.लि.का केशरमणी पौडेल चयन हुनु भएको छ ।
भेलाले समितिको सल्लाहकारहरु समेत चयन गरेको छ । सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, कार्यसमिति सदस्य सरला भण्डारी, लालबहादुर थापा, युवराज आचार्य, राज कुमार पराजुली र पूर्व सहकोषाध्यक्ष राजेन्द्र कार्की र पूर्व कार्यसमिति सदस्य रचना पन्त रहनु भएको छ ।

त्यसैगरी गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको भेलाले गुभाजु होजियारी उद्योगका विवेकरत्न गुभाजुको संयोजकत्वमा ७ सदस्यीय वस्तुगत समिति गठन गरेको छ ।  गठित समितिको सहसंयोजकमा सिटी गार्मेन्टका सागर शर्मा सचिवमा रारा गार्मेन्टका सुदिन काफ्ले र सदस्यहरुमा वविन लेदर उद्योगका कृष्ण पाण्डे, बुटवल गैरे होजियारी उद्योगका हरी गैरे, जे.के. टाई एण्ड बेल्ट उद्योगका विश्वज्योती काप्mले र देउराली होजियारी उद्योगका विष्णुप्रसाद गैरे चयन हुनु भएको छ ।

भेलाले समितिको सल्लाहकारहरु समेत चयन गरेको छ । सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, कार्यसमिति सदस्य जमुना सुवेदी पोखरेल, उद्योगी गुणाखर भट्टराई, बिष्णु प्रसाद भुसाल, मेघलाल भट्टराई र बुद्धि प्रसाद शर्मा रहनु भएको छ ।
भेलाका अध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाले सम्पूर्ण उपस्थितलाई स्वागत गर्दै वस्तुगत समिति गठनको महत्व र उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो । भेलाका प्रमुख अतिथि तथा संघका अध्यक्ष बाबुराम बोहोराले नव गठित वस्तुगत समितिहरुबाट संघको क्रियाकलापमा सक्रिय सहभागिताका साथै आप्mनो वस्तुगत समिति भित्र रहेका समस्याहरुलाई संघसम्मलाई समाधानका लागि सहकार्य गर्न सहज वातावरण सिर्जना गर्नुुहुनेछ भन्ने आसा व्यक्त गदैं नव गठित वस्तुगत समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष गणेशप्रसाद अधिकारीले नव गठित समितिलाई बधाई दिंदै वस्तुगत समिति गठनको इतिहास र उपलब्धी सन्दर्भमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा संघका कोषाध्यक्ष हरिबहादुर खत्रीले नवगठित वस्तुगत समितिका पदाधिकारीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनु भएको थियो । नव गठित कृषि तथा पशुजन्य वस्तुगत समितिका संयोजक शम्भु कुमार गुप्ता र गार्मेन्ट तथा हस्तकला वस्तुगत समितिका संयोजक विवेकरत्न गुभाजुले वस्तुगत समितिले वहन गर्नुपर्ने जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।  कार्यक्रममा संघका सचिव हिरामणी भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो । भेलामा संघका महिला सचिव माया खनाल, कार्यसमिति सदस्यहरु बसन्त ढकाल, युवराज आचार्य, लालबहादुर थापा, विशाल बेलबासे, अशोक कुँवर, सुरेन्द्र ज्ञवाली र जमुनासुवेदी पोखरेल तथा कृषि तथा पशुजन्य एवं गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रम संचालन संघका महासचिव जीवकान्त काफ्ले गर्नु भएको थियो ।