विद्यार्थीहरुद्धारा प्रोयोगात्मक अध्ययनको प्रस्तुतीकरण र हस्तान्तरण

२१ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


शान्ती तिवारी / बर्दघाट –  न्यू लाइफ माध्यमिक विद्यालयमा आज एक कार्यंक्रमका विच कानुन विषय कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुद्धारा प्रोयोगात्मक अध्ययनको प्रस्तुतीकरण गरेको छन् । विद्यालयले आफ्नो रजत जयन्तीको साताव्यापी कार्यक्रम अन्तरगर्त आज चौथो दिन कानुन विषयका विद्यार्थीहरुले पन्ध्र दिनसम्म बर्दघाट नगरपालिका र सुनवल नगरपालिकाका विभिन्न वडा कार्यलयहरुमा गएर प्रोगात्मक अध्ययन गरेका थिए । सोही अध्ययनको प्रतिवेदन विद्यालयका प्रध्यानाध्यापक सन्तोष अधिकारी र प्लस टु कोडिनेटर मोहन शरण पाण्डेलाई हस्तान्तरण गरेका छन् ।कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाकी उपमेयर तथा न्यायीक समिति संयोजक मायादेवी पौडेलले विद्यार्थीहरुलाई कान्नको प्रोगात्मक अध्ययन गराइ विद्यार्थी केन्द्रित शिक्षण सिकाई गराउनु पर्ने बताउनु भयो । विद्यार्थीलाई कानुनको उपयोगीता, वडा कार्यलय, नगरपालिका र नगरको न्यायीक समितिले गर्ने कामको बारेमा बताउदै उहांले नगरीकहरुमा कानुनी बुझाई कम रहेको बताउनु भयो ।

विद्यालयका शिक्षक शिव शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रममाथि प्रकाश शिक्षक प्रकाश न्यौपानेले पार्नुभएको थियो । रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुवर, रामग्राम नगरपालिका वडा न। ५ का वडा अध्यक्ष विनोद कुवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर अधिकारी, विद्यालयका संस्थापक सदस्य डिल बहादुर अधिकारी लयागतको उस्पथिती रहेको कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारीले गर्नुभएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थी स्वयता पराजुलिले आफुहरु वडा कार्यलय गएर गरेको कार्य विवरण प्रस्तुत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन विशखा तिवारीले गरेकी थिइन । कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरु, विद्यालयका शिक्षक÷शिक्षिकाहरुको उपस्थिति रहेको थियो । यसैबीच आज गरिएको अर्को कार्यक्रम निशुल्क स्वास्थ्य परिक्षणमा करिब ६ सय जनाले स्वास्थ्य लाभ लिएको बिधालयका सस्थापक सदस्य थम अधिकारीले जानकारी गराउनु भयो । स्वस्थ्य परिक्षणका लागी युनिभर्सल मेडिकल कलेज भैरहवा र बर्दघाट डेन्टल बर्दघाटका डाक्टरसहितको करिब २५ जनाको टोलिले स्वस्थ्य सेवा प्रदान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु