१० दिनमा अक्षय र करीनाको ‘गुड न्यूज’ले कमायो यति करोड

प्रकाशित मिति:

एजेन्सी /अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फिल्मले १० औं दिनसम्म पनि उत्साहजनक व्यापार गरेको छ ।हास्य विधामा निर्माण भएको यो फिल्ममा करीना र अक्षयसँग कियारा र दिलजीत दोसाँझको पनि शीर्ष भूमिका छ ।फिल्मले दोस्रो विकेन्डको शुक्रवार ८ करोड १० लाख भारु कमाइ गरेको छ । उत्तर भारतमा पनि फिल्मले राम्रो व्यापार गरेको छ ।दोस्रो विकेन्डको शनिवार ११ करोड ७० लाख र आइतवार १४ करोड ४० लाख कमाइ गरेको छ ।

यो फिल्मले १० दिनमा १ सय ६२ करोड भारू कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् । दोस्रो सप्ताहसम्म फिल्मले १ सय ७५ करोड भारु कमाइ गर्ने आँकलन गरिएको छ ।फिल्मले २ सय करोड कमाउला त रु यसबारेमा पनि धेरैले चासो लिएका छन् । किनकि, आउँदो हप्तादेखि ‘छपाक’ र ‘तान्हाजी’ नाम दुई हिन्दी फिल्म पनि भारतमा रिलिज हुँदैछन् ।यी दुई फिल्म रिलिज हुनासाथ ‘गुड न्यूज’ले कम पर्दा पाउनेछ । यद्यपि फिल्मले २ सय करोड कमाइ गर्ने धेरैले अड्कल काटेका छन् ।