चोरीको आरोपमा सालझण्डीको होटलबाट श्रेष्ठ पक्राउ

२१ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


रुपन्देही – रुपन्देही जिल्लाको कञ्चन–५ गरगरेमा संचालित एक होटलमा गत आइतबार राती चोरी भएको छ । आइतबार राती करिब १२ बजे तिर कञ्चनको मुख्य बजार गरगरेमा रहेको बिष्णु प्रसाद काला मगरको होटलमा चोरी भएको हो ।राती करिब १० बजे सम्म होटलमा संचालन गरी होटलको सटर बन्दगरी घर सुत्न गएको तर बिहान छिमेकीले आफ्नो होटलमा चोरी भएको शंका गरी खवर पाएपछि होटलमा आउदा होटलको सटरमा लगाएको ताला फोडिएको अवस्थामा भेटिएको र होटलमा भएको करिब ४७ हजार रुपैया र सुनको सिक्री समेत चोरी भएको थाहा पाएपछि नजिकैको प्रहरी कार्यलयमा खवर गरेको होटल संचालक मगरले बताएका छन।

होटलमा चोरी भएको खवर पाउना साथ इलाका प्रहरी कार्यलय,रुद्रपुरको प्रहरी टोली घटनास्थलमा पुगी अनुसंधान पश्चात चोरीमा संलग्न भएको आशंकामा कञ्चन–४ गरगरेकै १७ बर्षिय बसन्त गन्दर्बलाई हिजो नै तत्काल उनकै घरबाट नियन्त्रणमा लिइएको र चोरीमा संलग्न फरार भएका अर्का दमन श्रेष्ठलाई आज सैनामैना नगरपालिका वार्ड नं। १० सालझण्डी स्थित एक होटलबाट लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी नायब निरीक्षक रामनन्द चौधरीले जानकारी दिनुभएको छ।चोरीमा संलग्न गन्दर्भ र श्रेष्ठसंग केही रकम बरामद भएको र बाकी रकम र सुनको सिक्रीको बारेमा थप अनुसंधान भैरहेको प्रहरी नायब निरीक्षक चौधरीले बताउनु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण