टिएमसी सिस्टर्स सोसाइटीको वनभोज सम्पन्न

प्रकाशित मिति:

अमृत पाण्डेय
रुपन्देहीको तिलोत्तमा नगरपालीका – २ स्थित श्री तिलोत्तमा बहुउद्धेशिय सहकारी संस्था लिमिटेडको टिएमसी सिस्टर्स सोसाइटीले वनभोज कार्यक्रम सम्पन्न गरेको छ । ति न पा १७ मा रहेको कानपारा रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो । वनभोज कार्यक्रममा खनपिनका साथै दिदीबहिनीबीच रमाइलो गराउनका लागि वडास्तरीय नृत्य प्रतियोगिता समेत गरिएको थियो । नृत्य प्रतियोगितामा बुटवल उपमहानगरपालीका ९ प्रथम, तिलोत्तमा ८ द्धितीय र तिलोत्तमा ३ तृतीय भएका थिए । प्रथम हुनेले नगद ३ हजार , द्धितीयले २ हजार र तृतीय हुनेले १ हजार रुपैयां प्राप्त गरेको सोसाइटीका सचिवालय समिती अध्यक्ष यादा क्षेत्रीले बताइन् ।

नृत्यमा सहभागिता जनाएका समुहले ५ सय का दरले प्रोत्साहन पुरस्कार प्राप्त गरेको उनले बताइन् । त्यस्तै उत्कृष्ट नेत्य विधामा तिलोत्तमा ८ सिस्टर्स सोसाइटिका अध्यक्ष शान्ता भट्टराई प्रथम भएकी थिइन् । पुरस्कारको सौजन्य प्रमुख अतिथी , लगायत अन्य अतिथीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी नेशनल को अपरेटर्स एलायन्स रुपन्देहीका अध्यक्ष तथा संस्थाका सल्लाहकार रामकृष्ण खांणले सहकारी अन्तर्गत रहेको सिस्र्टस सोसाइटिले गरिरहेको कामको प्रशंसा गर्दै भाइचारा सम्बन्धले अघि बढ्न र सहकारीलाई राष्ट्रियस्तरमा पहिचान दिने गरी एक भएर कार्य गर्नुपर्ने बताए । कार्यक्रममा सहकारीका अध्यक्ष माधवलाल देवकोटाको विशिष्ठ आतिथ्यता , अतिथीहरु रिता सेन ,समाजसेवी कल्याण पौडेल , दुर्गा नेपाल , नेपाल प्रेस युनियन रुपन्देहीका सदस्य कमला पाण्डे, संस्थाका सचिव पार्वती थापा, सदस्य एल जी गुप्ता लगायतले बोल्नुभएको थियो ।