रोनाल्डोको ह्याट्रिकले युभेन्टसको पराकिलो जित

प्रकाशित मिति:

काठमाडौं/ इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले फराकिलो जित निकालेको छ।सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४(० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। यस्तै एक गोल गोन्जालो हिगुईनले थपे।खेलको ४९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ६७ औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई २(० को अग्रता दिलाए ।

खेलको ८१ औं मिनेटमा हिगुईनले गोल गर्दै घरेलु टोलीको अग्रता ३ ० को बनाए । त्यसपछि खेलको ८२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दै युभेन्ट्सलाई फराकिलो जित दिलाए । योसँगै रोनाल्डोले वर्षको पहिलो ह्याट्रिक पुरा गरेका छन् ।रोनाल्डोको यो करियरको ५६ औं ह्याट्रिक समेत हो । यस्तै रोनाल्डो युरोपको शीर्ष तीन लिग प्रिमियर लिग, ला लिगा र इटालियन सिरी ए मा ह्याट्रिक गर्ने दोस्रो खेलाडी समेत बनेका छन् ।जितसँगै युभेन्ट्सले लिगमा शीर्ष स्थानको अग्रता ३ अंकको बनाएको छ। लिग लिडर युभेन्ट्सले १८ खेलमा ४५ अंक जोडेको छ । दोस्रो स्थानको इन्टरले ४२ अंक छ । पराजित काग्लियारी २९ अंक जोडेर छैटौं स्थानमा छ ।