रेडक्रस पञ्चनगरद्धारा अति विपन्नलाई कम्बल वितरण

प्रकाशित मिति:

प्रकाश न्यौपाने/वर्दघाट- नेपाल रेडक्रस सोसाइटी उपशाखा पञ्चनगरले अति विपन्न परिवारलाई एक कार्यक्रका विच सोमबार कम्बल वितरण गरेको छ । वर्दघाट नगरपालिका वडा नम्बर ८, ९, १० र ११ का वडा अध्यक्षहरुको सिफारिसमा अति विपन्न छनोट गरिएका ३८ परिवारलाई न्यानो कम्बल वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा पञ्चनगरका कार्य समिति सदस्य वालिन्द्र विक्रम शाहिले जानाकारी दिनु भयो । कति पय अति विपन्न र असक्त रहेका व्यक्तिहरुलाई घरमै पुगेर न्यानो कपडा वितरण गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ८, ९, १० र ११ का जनप्रतिनिधिहरु तथा नेपाल रेडक्रस सोसाइटीका सम्पूर्ण कार्य समितिहरुको उपस्थीति रहेको थियो । पत्रकारहरुको सानो जिज्ञासामा सोशाइटीका अध्यक्ष तारा वहादुर पाण्डेले रेडक्रसले गरिव अति विपन्न तथा अत्यावस्यक कामहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने वताउनु भयो ।