संजित भण्डारीलाइ बेस्ट डेब्यु ग्लोबल इन्टरनेशनल अवार्ड

२२ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – चलचित्र लम्फुबाट डेब्यु गरेका नायक संजित भण्डारीले  ग्लोबल इन्टरनेशनल अवार्डमा बेस्ट नवनायकको अवार्ड हात पारेका छन्।वल्डवाइड मिडिया नेटवर्कले  थाइल्यान्डको पटयामा आयोजना गरेको ग्लोबल इन्टरनेशनल अवार्ड कार्यक्रममा नायक  भण्डारीलाई थाइल्याण्डका प्रसिद्द पर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम तथा राम कृष्ण श्रेष्ठले ग्लोबल इन्टरनेशनल अवार्ड ,सम्मान पत्र तथा ट्रफी प्रदान  गरेका हुन् ।

 

भारतको पुणेमा अभिनय सिकेर आएका भण्डारीले कतारमा भएको स्टार अवार्डमा पनि चलचित्र लम्फुबाट डेब्यु  नायकको अवार्ड र थाईल्याण्डमै भएको पहिलो  छाँयाछवि अन्तराष्ट्रिय अनर अवार्डमा पनि भण्डारीले  चलचित्र लम्फुबाटै डेब्यु नायकको अवार्ड हात पारेका थिए।नायक भण्डारीले सगरमाथा रोइरहेछ,अपेक्षा र थोरै भएपुगिसरी टेलीचलचित्रमा सशक्त अभिनय  गरेर  दर्शकको मनजितेका छन् भने ६ वटा म्युजिक भिडियो ,स्टेज कार्यक्रम तथा बिभिन्न बिज्ञापनमा अभिनय गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • दाङ्ग जिल्लामा पहिलो पटक जुरे हुटिट्याँउ पानी चरा अभिलेख
  • भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको निधन
  • प्रचण्डको गर्जन : ओलीको सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ
  • स्व. गणेशमान सैंजु बुटवल जेसिज उत्कृष्ट पत्रकारीता पुस्कार पत्रकार केसीलाई
  • पठाओ नेपाल द्वारा ग्राहकहरु र राईडरहरुलाई बीमा प्रदान गर्न साझेदारी…
  • बिप्लव समूहद्धारा भोली नेपाल बन्दको आब्हान
  • ओलीले साइबर स्यालमार्फत जतासुकै हमला गरेका छन् : भुषाल
  • देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता छ : भट्टराई
  • कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने सरकारको तयारी
  • ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको २० औं वार्षिकोत्सवका अवसरमा रक्तदान सम्पन्न